१३ भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशी नदीमा खस्यो



अ+ अ-

काठमाडौं: काठमाडौंबाट ओखलढुंगाको पोल्थलीतर्फ जाँदै गरेको अरनिको यातायातको यात्रुबाहक बस त्रिवेणी नजिकै दुर्घटनामा परेको छ। बस सडकबाट खस्दै तामाकोशी नदीमा पुगेको बताइएको छ। काठमाडौंबाट मन्थली- भुजी हुँदै पाेल्थली जाँदै गरेकाे ९९७५ नम्बरकाे  बस खुर्काेट-मन्थली तर्फकाे बाटाेबाट खसेकाे हाे ।

दुर्घटनाको खबर पाएलगत्तै प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ। स्थानीयवासीहरूले घाइते यात्रुहरूको उद्धार कार्य सुरु गरेका छन्।

दुर्घटनाको कारण, यात्रु संख्या तथा घाइते/मानवीय क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।