१७ भाद्र २०८३, बुधबार
,
Latest
तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग गण्डकी प्रदेशको ऊर्जामन्त्रीमा देवकोटा नियुक्त भोटेकोशी बाढी पीडितलाई  विभिन्न सङ्घसंस्थाबाट ४६ लाख सहयोग नेपाल प्रहरी अस्पतालमा सम्पर्कविहीनका आफन्तले डिएनए प्रोफाइलिङ गर्नसक्ने काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा थापा नियुक्त राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालय मातहात नै राख्न सांसदहरुको सुझाव कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठक भदौ २० गते एमाले अध्यक्ष ओलीद्वारा धादिङ र नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन (तस्बिरसहित) पहिरोका कारण अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेशसभा बैठक



अ+ अ-

मोरङ। कोशी प्रदेशसभाको आठौँ अधिवेशनको पहिलो बैठक आज विराटनगरस्थित वीरेन्द्र सभागृहमा सञ्चालन भयो ।

सभामा सभामुख अम्बरबहादुर विष्टले कोशी प्रदेशका प्रदेश प्रदेश प्रमख परशुराम खापुङबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र एवं प्रदेश मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा वाचन गरेर सदनलाई जानकारी दिनुभयो ।

यसैगरी उहाँले प्रदेशसभाको सदस्यको स्थान रिक्त सम्बन्धमा जानकारी गराउनुभयो । यस्तै, निर्वाचन आयोग नेपालबाट पार्टी एकीकरण सम्बन्धमा प्राप्त पत्र वाचन गर्नुभयो ।
सभामा नेपाली कांग्रेस संसदीय दलका  नेता उद्धव थापाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन सबै दल लाग्नुपर्ने बताउनुभयो । उहाँले मुलुकलाई समृद्धि, सुशासन, भ्रष्टाचारको अन्त्यका लागि दलहरूबीच एकताको विकल्प नरहेको धारणा राख्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता प्रेमराज थाङसुहाङले कोशी प्रदेश राष्ट्रियसभाको निर्वाचनको मतदानका दिन आफू प्रदेश बाहिर भए पनि आफ्नो मत खसेको जानकारी सञ्चारमाध्यमबाट प्राप्त भएकामा आपत्ति जनाउनुभयो ।

नेपाली कम्युनिष्ट पार्टी, संसदीय दलका नेता इन्द्रबहादुर आङवोले सुशासन कायम राख्न भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । नेकपा (एमाले) संसदीय दलका उपनेता तीलकुमार मेयाङवोले मुलुकमा लोकतन्त्रलाई सुदृढ गर्न दलहरूबीच एकताबद्ध हुनु जरुरी रहेको धारणा राख्नुभयो ।

प्रदेशसभाको अर्को बैठक माघ २६ गते दिनको १ः०० बजे बस्नेछ । रासस