२ आश्विन २०८३, शुक्रबार Friday, September 18, 2026
२ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता News Polar रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन News Polar स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी News Polar देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल News Polar स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ News Polar शव व्यवस्थापन गरिएको स्थानमा स्मृति उद्यान बनाइने News Polar पाकिस्तानी राजदूत खानद्वारा रासस परिवारप्रति सहानुभूति प्रकट News Polar बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने News Polar बाढीको पानी घट्यो, जोखिम घटेन News Polar जुम्ली स्याउको बजार विस्तार र शीतभण्डारमा जोड दिन सभामुखसमक्ष आग्रह News Polar साउनमा महँगी बढ्यो,मुद्रास्फीति ५.९६ प्रतिशतमा

चलचित्र विकास बोर्डमा वरिष्ठ अभिनेता सुनिल थापाको अन्तिम बिदाई – तस्बिरहरु

चलचित्र विकास बोर्डमा वरिष्ठ अभिनेता सुनिल थापाको अन्तिम बिदाई – तस्बिरहरु
अ+ अ-

काठमाडौँ । नेपाली चलचित्र जगतका वरिष्ठ तथा लोकप्रिय अभिनेता सुनिल थापाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका चलचित्र विकास बोर्ड परिसरमा राखिएको छ ।

वरिष्ठ अभिनेता सुनिल थापा (६८ वर्ष) को हृदयघातका कारण शनिवार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनलाई बेहोस अवस्थामा अस्पताल भर्ना गरिएको र बिहान साढे ७ बजे ईसीजी रिपोर्टबाट मृत्यु पुष्टि भएको थियो ।

थापा लामो समयदेखि शंखमूलस्थित आफ्नो अपार्टमेन्टमा बस्दै आएका थिए । नेपाली सिनेमामा ‘राते काइँला’ को नामले चर्चित थापाले चार दशकभन्दा बढी समयसम्म नेपाली, भारतीय (बलिउड) र भोजपुरी चलचित्रमा अभिनय गरेका थिए । उनले ३०० भन्दा बढी फिल्ममा काम गरेका छन् । प्रियंका चोपडाको ‘मैरी कोम’ मा उनको प्रशिक्षकको भुमिका तथा ‘द फेमिली म्यान’ जस्ता चर्चित सिरीजमा पनि अभिनय गरेका थिए ।

नेपाली सिनेमामा खलनायकको भुमिकालाई नयाँ उचाई दिने अभिनेतामा थापा पनि पर्दछन् । उनलाई फिल्मकर्मीहरूका साथै विभिन्न क्षेत्रका व्यक्तित्वहरू बोर्ड पुगेर श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।


तस्बिरहरुः अनुप प्रधान/न्युज एजेन्सी नेपाल