९ असार २०८३, मंगलवार
,
Latest
झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु हर्मुज जलडमरूमध्य खुला भएको र इरानले आणविक निरीक्षकहरूलाई अनुमति दिएको अमेरिकी उपराष्ट्रपति भेन्सको जानकारी फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, पाँच घाइते कंगोमा इबोला संक्रमितको संख्या एक हजार नाघ्यो भारतको उत्तर प्रदेशमा आगलागी, विद्यार्थीसहित १४ जनाको मृत्यु जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना मौवाफाँट–दग्नाम सडक स्तरोन्नति
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस उपसभापति शर्माको व्यंग्यः रास्वपाले प्रधानमन्त्री नै करारमा ल्याउन खोज्यो



अ+ अ-

ललितपुर: नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुलुकको प्रधानमन्त्री नै करारमा बनाउन खोजेको भन्दै व्यंग्य गर्नुभएको छ ।

शुक्रवार ललितपुरमा आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै उपसभापति शर्माले रास्वपा लक्षित व्यंग्य गर्नुभएको हो । मुलुकको प्रधानमन्त्री बन्ने कुरा चानचुने कर्मचारी नियुक्त गरेजस्तो नहुने भन्दै शर्माले त्यसको लागि राजनीतिक जग बलियो हुनुपर्ने टिप्पणी गर्नुभयो ।

उहाँले २३ र २४ भदौको जेन—जी आन्दोलनपनि नेपाली काँग्रेस बाहेक कुनैपनि दल सुदृढ भएर जनतामाझ जान नसकेको टिप्पणी पनि गर्नुभयो । उहाँले एमालले जेन-जी आन्दोलनपछि पार्टी विधान संशोधन गरेर दुई पटक अध्यक्ष भइसकेपछि अवकाश हुनुपर्ने प्रावधान हटाएर तीन पटक पनि अध्यक्ष हुन पाउने व्यवस्था गरेको टिप्पणी गर्नुभयो ।

विभिन्न दलहरुप्रति कटाक्ष गर्दै उहाँले परिवर्तनको दाबी गरेका कतिपय दलहरु अहिलेपनि जनताको भावनाअनुसार चल्न नसकेको बताउनु भयो । नेपाली काँग्रेसले भने नेतृत्व पुस्तान्तरणमार्फत पार्टीको नीति समेत परिवर्तन उल्लेख गर्नुभयो । काँग्रेसले ८० वर्षभन्दा माथिको नेतृत्वबाट ५० वर्षमुनिका युवाको नेतृत्वमा देशका समस्याको गहिरो विश्लेषण गरेर अघि अघि बढेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘जेन–जी आन्दोलनपछि एमालेले विधान बदल्यौँ भन्छ । विधानमा के बदल्यौ ? भन्दा उसले हाम्रो बा दुई पटक अध्यक्ष भइसकेपछि रिटायर्ड हुन लाग्नुभएको थियो । विधानले रोक्दै थियो । विधानलाई बदेलेर तीन पटक पनि अध्यक्ष हुने व्यवस्था गर्यौँ भनेर एमालेले भन्ने अवस्था छ । म गाली वा आलोचना गरिहरहेको छैन । तथ्य त्यही हो । माओवादीले नाम बदल्यौँ र २९ वटा पार्टीको मोर्चा बनाएका छौँ भन्छ । काँग्रेसलाई के बदल्यौ ? भनेर सोध्दै गर्दा हामीले ८० वर्षभन्दा माथिको नेतृत्वबाट ५० वर्षमुनिका युवकको नेतृत्वमा सारा नेपाली समस्याको एमआरआईबाट डाइग्नोसिस गरेर आएको  अवस्थामा बद्लिएका छौँ । अनि रास्वपाले करारमा प्रधानमन्त्री पद नियुक्त गर्नेगरी सल्लाह गरेका छौँ भन्छ । करारमा कर्मचारी नियुक्ति त सुनिएको तर आज देशको  प्रधानमन्त्री बनाउने भनेर जाँदै गर्दा फाउण्डेसनमा केही हुनुपर्यो । गगन थापाले काँग्रेसको चारतारे झण्डा बोकेर दरबारको अघिल्तिर संविधानमुनि नबस्ने हो भने जमिनमुनि बस्ने दिन आउँला गणतन्त्र जिन्दावाद भनेर नारा लाउँदै गदाए यो चारतारे झण्डामा फाउण्डेसनको तल उहाँ हुनुहुन्थ्यो ।’

उपसभापति शर्माले मुलुकको व्यवस्था स्थापित गर्न लामो समयसम्म सघंर्ष गरेको नेतृत्वले पार्टी चलाइरहेको भन्दै लोकतान्त्रिक व्यवस्था र संविधानको रक्षा गर्न काँग्रेसलाई मतदान गर्न समेत अपिल गर्नुभयो । –न्युज एजेन्सी नेपाल