११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा

दुई चरणमा निर्वाचन गराउने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सांसद बिसीको आपत्ति

दुई चरणमा निर्वाचन गराउने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सांसद बिसीको आपत्ति
अ अ+ अ-

काठमाडौँ ।राष्ट्रिय सभा सदस्य सुमित्रा विसीले प्रधानमन्त्री सुशीला कार्की निर्वाचन दुई चरणमा पनि हुनसक्छ भनि दिनुभएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ ।

शुक्रवार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले सो आपत्ति जनाउनुभएको हो । सांसद विसीले तोकिएको मितिमा एकैपटक देशभर सम्पन्न गर्न पनि सरकारलाई सचेत गराउनु भयो । उहाँले निष्पक्ष, स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।

सांसद विसीले भन्नुभयो,’यो सरकार ६ महिना भित्र निर्वाचन गराईसक्ने भनेर स्थापित भएको छ । यसको भाषा कहिले कहिले दुई चरणमा निर्वाचन गराउने, निर्वाचन ढिलो पनि हुनसक्छ भन्ने कुराहरु सरकारका प्रधानमन्त्रीले नै भन्ने गरेकाले यो निष्पक्ष, स्वच्छ र भयरहित चुनाव छिटो छरितो ढंगले सम्पन्न गर्नका निम्ति एकै चोटी चुनाव गराउनका लागि म सरकारसँग माग गर्न चाहन्छु । र, चुनावमा जहाँ असुरक्षा छ, त्यहाँ सुरक्षा दिन पनि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।‘ 

सांंसद विसीले एकैचरणमा निर्वाचन सम्पन्न गराउने दायित्व सरकारको भएकाले त्यसबाट भाग्ने प्रयास गर्न नहुने समेत बताउनु भयो ।