११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’

आज महिला यौनाङ्गछेदनविरुद्ध शून्य सहनशीलता दिवस मनाइँदै

आज महिला यौनाङ्गछेदनविरुद्ध शून्य सहनशीलता दिवस मनाइँदै
तस्बिर:राष्ट्रसङ्घीय जनसङ्ख्या कोष
अ अ+ अ-

काठमाडौँ। आज महिला यौनाङ्गछेदन (फिमेल जेनेटल म्युटिलेसन) विरुद्ध अन्तरराष्ट्रिय शून्य सहनशीलता दिवस हो ।

संयुक्त राष्ट्रसङ्को महासभाले सन् २०१२ मा प्रत्येक वर्ष फेब्रुअरी ६ तारिखलाई महिला यौनाङ्गछेदनविरुद्ध शून्य सहनशीलता दिवसका रूपमा मनाउने निर्णय गरेको हो । यो दिवसको उद्देश्य महिला यौनाङ्गछेदनको अन्त्यका लागि भइरहेका प्रयासलाई अझ सशक्त र प्रभावकारी बनाउनु हो ।

यो दिवसले सबै देशका सरकार, नागरिक समाज, समुदाय, परोपकारी संस्था तथा अन्तरराष्ट्रिय समुदायबाट निरन्तर संलग्नता र लगानीको आवश्यकतामा जोड दिएको छ ।

राष्ट्रसङ्घका अनुसार हाल विश्वभर जीवित २३ करोडभन्दा बढी महिला तथा किशोरी महिला यौनाङ्गछेदनको सिकार भइसकेका छन् र उनीहरूलाई उपयुक्त स्वास्थ्य तथा संरक्षण सेवाको आवश्यकता छ । प्रत्येक वर्ष करिब ४० लाख किशोरी यो हानिकारक अभ्यासको सिकार हुने गरेका छन्भने २० लाखभन्दा बढी पाँच वर्ष उमेर नपुग्दै यो पीडाबाट गुज्रिन बाध्य हुने गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले महिला यौनाङ्गछेदनविरुद्धको शून्य सहनशीलता दिवसमा महिला तथा किशोरीका अधिकार संरक्षण गर्ने प्रतिबद्धता पुनः नवीकरण गर्न आह्वान गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “महिला र किशोरीहरू हिंसा र डरबाट मुक्त भएर बाँच्न पाउने सुनिश्चितता हाम्रो साझा दायित्व हो । सँगै मिलेर हामी यो अन्यायलाई सदाका लागि अन्त्य गर्न सक्छौँ ।”

यसैगरी, राष्ट्रसङ्घीय जनसङ्ख्या र बालकोषले पनि प्रत्येक महिला, किशोरी तथा बालिकालाई यौनाङ्गछेदनबाट मुक्त जीवन बाँच्न पाउने सुनिश्चितताका लागि आवश्यक कार्य गर्न विश्व समुदायलाई आह्वान गरेको छ । रासस