९ भाद्र २०८३, मंगलवार
,
Latest
पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताको अपेक्षाअनुसार कांग्रेस परिवर्तन भयोः प्रवक्ता चालिसे



अ+ अ-

चितवन। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले जनताको अपेक्षाअनुसार कांग्रेस परिवर्तन भएको बताउनुभएको छ ।

भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै प्रवक्ता चालिसेले जनताले चाहेअनुसार सुधार गर्दै स्पष्ट दिशासहित कांग्रेसमा परिवर्तन भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कांगे्रसलाई जनताको चाहनाअनुसर सुधारेका छौँ, बदलेका छौँ, सच्याएर जनतामाझ ल्याएका छौँ ।” कांग्रेस एक भएको सन्देश लिएर जनता माँझ गएको प्रवक्ता चालिसेको भनाइ थियो । जनताले अपेक्षा गरेअनुसार कांग्रेस अहिले चुनावी मैदानमा उत्रेको उहाँले बताउनुभयो ।

प्रवक्ता चालिसेले कांग्रेसप्रति जनतामा पुनःविश्वास र प्रेमभाव देखिन थालेको बताउनुभयो । निराश भएका नागरिक जागृत भएका र अघिल्लो निर्वाचनमा गुमाएको मत फिर्ता आउने सङ्केत देखिएको उहाँले उल्लेख गर्नुभयो । नयाँ मतदातामा आशा पलाएको उहाँको भनाइ थियो ।

जनताको विश्वासलाई आधार बनाएर कांग्रेस देशव्यापी प्रचारमा जुटेको प्रवक्ता चालिसेले बताउनुभयो । राजनीतिक दल वा व्यक्तिको अनुहारभन्दा विचार र मुद्दामा आधारित हुने उल्लेख गर्दै उहाँले वर्तमान तथा भविष्यलाई केन्द्रमा राखेर राजनीति गर्नुपर्ने बताउनुभयो । रासस