२० भाद्र २०८३, शनिबार
,
Latest
होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा दक्षिण कोरियाद्वारा समीक्षा प्राकृतिक विपत्ति अकल्पनीय छ, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिऔँः अध्यक्ष ओली ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

दृष्टिविहीन समिरलाई घरमै नागरिकता



तस्बिर: जिल्ला प्रशासन कार्यालय भोजपुरको फेसबुकबाट
अ+ अ-

भोजपुर। भोजपुरका प्रमुख जिल्ला अधिकारी राजन पौडेलले रामप्रसाद राई गाउँपालिकाका एक दृष्टिविहीन युवालाई घरमै पुगेर नागरिकता प्रदान गर्नुभएको छ ।

रामप्रसाद राई गाउँपालिका–३, भुल्केका २४ वर्षीय समिर राईलाई प्रजिअ पौडेलले आज घरमै पुगेर नागरिकता प्रदान गर्नुभएको हो । जिल्ला प्रशासन कार्यालयमा पुगेर नागरिकता लिन समस्या हुने भएपछि प्रशासनसँगको समन्वयमा गाउँमै समिरलाई नागरिकता प्रदान गरिएको वडाध्यक्ष रामु थापामगरले बताउनुभयो ।

आवश्यक कागजातका आधारमा राईलाई नागरिकता प्रमाणपत्र प्रदान गरिएको प्रजिअ पौडेलले बताउनुभयो । “अशक्त नागरिकलाई घरदैलोमै अत्यावश्यक सेवा दिने हाम्रो नीति छ ।

स्वास्थ्यका कारणले जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसक्ने नागरिकलाई हामीले यसरी नै सेवा दिँदै आएका छौँ”, प्रजिअ पौडेलले भन्नुभयो ।रासस