९ असार २०८३, मंगलवार
,
Latest
सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र ९ ठाउँबाट बाँडिदै एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक पुष्पा चौधरी थारुद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपा महाधिवेशन : प्रतिनिधिलाई परिचयपत्र वितरण सुरु, आज १ बजेदेखि बन्दसत्र ललितपुरको जावलाखेलमा बोसको अत्याधुनिक ‘ब्राण्ड स्टोर’ सञ्चालनमा डिजिटल प्लेटफर्ममा काम गर्ने श्रमिक परिभाषामा समेटिएः ऐतिहासिक ‘महासन्धि नम्बर १९३’ पारित रास्वपा महाधिवेशनमा प्रस्तावक र समर्थक बसे उम्मेदवार हुन नपाइने मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई वन मन्त्रीद्वारा छात्रवृत्ति वितरण झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुक्तिनाथ क्षेत्रमा हिमपात-फोटो फिचर



अ+ अ-

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ स्थित प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर क्षेत्रमा मङ्गलबार दिउँसोदेखि हिमपात भएपछि बुधबार बिहान क्षेत्र पूरै सेताम्मे बनेको छ।

लगातार परेको हिमपातका कारण मुक्तिनाथ क्षेत्र, आसपासका डाँडा तथा बस्तीहरू हिउँले ढाकिएका छन्। हिमपातसँगै चिसो बढेपछि स्थानीय बासिन्दा तथा तीर्थयात्रीहरू प्रभावित भएका छन्।

हिमपातपछि मुक्तिनाथ क्षेत्रको दृश्य अत्यन्तै मनमोहक बनेको छ। सेताम्मे हिमाल, मन्दिर परिसर र वरिपरिको प्राकृतिक सौन्दर्यले पर्यटक तथा भक्तजनहरूलाई आकर्षित गरेको छ।

मौसमविद्हरूले आगामी केही दिन चिसो अझै बढ्न सक्ने अनुमान गर्दै सतर्क रहन आग्रह गरेका छन्।

तस्बिरः सुशीलबाबु थकाली/रासस