• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo

पार्टी सदस्यहरूका लागि नेकपाले जारी गर्यो आचार संहिता



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले पार्टी सदस्यहरूका लागि आचार संहिता जारी गरेको छ। नेकपाले ११ बुँदे आचारसंहिता आइतबारदेखि मुलुकभर सर्कुलर गरिएको हो ।

संगठन विभागका प्रमुख वामदेव गौतमसहितको समितिले बनाएको आचार संहितामा आफ्ना छोराछोरीलाई कसरी सम्बोधन गर्नेदेखि मुलुकको हितका लागि के-के गर्ने भनेर उल्लेख गरिएको छ।

संहिताको बुँदा नम्बर २ मा सबै तहका नेता, कार्यकर्ता र पार्टी सदस्यले परिवारमा कस्तो आचरण गर्ने भनेर उल्लेख गरिएको छ। जसमा कसैलाई तँ भन्न पूर्ण रूपले बन्द गर्नुपर्ने उल्लेख छ।

‘परिवारका सदस्य र अरूसँग बोलिने भाषा मर्यादित, सरल र मिठासपूर्ण बनाउनुपर्छ। कसैलाई पनि हेलाहोचो, एकारान्त तथा तँ भन्न पूर्णरूपले बन्द गर्नुपर्छ,’ आचारसंहितामा उल्लेख छ।

पार्टी सदस्यहरूले बेला बेलाबेलामा आफ्नो परिवारका सदस्यको बैठक बसालेर सबैलाई सल्लाह सुझाव दिनु पर्ने समेत भनेको छ। यो आचारसंहिता लागु गराउन सबै तहका कमिटीलाई भनिएको छ।