१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

साधारण शेयर बिक्रीका लागि अनुमति



अ+ अ-

काठमाडौँ। नेपाल धितोपत्र बोर्डले एपोलो हाइड्रोपावर कम्पनी लिमिटेडलाई साधारण शेयर बिक्रीका लागि अनुमति प्रदान गरेको छ । कम्पनीलाई अङ्कित मूल्य रु एक सयमा रु १४ करोड १० लाख बराबरको १४ लाख १० हजार कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति दिएको हो ।

सो कम्पनीको शेयर बिक्री प्रबन्धमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । एपोलो हाइड्रोपावरले ओखलढुंगामा एक जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

बोर्डले चालु आवको हालसम्म कूल १५ कम्पनीलाई साधारण शेयर बिक्रीको अनुमति दिएको छ । त्यसमा नौ वटा जलविद्युत् कम्पनी, चार वटा उत्पादन कम्पनी, होटल तथा पर्यटन, विकास बैंक भने एक÷एक वटा रहेका छन् ।

बोर्डले चालु आवको हालसम्म रु छ अर्ब एक करोड १७ लाख २७ हजार आठ सय बराबरको साधारण शेयर बिक्रीका लागि अनुमति प्रदान गरेको हो । रासस