३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना

गोसाइँकुण्डमा भक्तजनको आकर्षण बढ्दो

गोसाइँकुण्डमा भक्तजनको आकर्षण बढ्दो
अ+ अ-

रसुवा । यही फागुन ३ गते देशभर मनाइने महाशिवरात्री पर्व श्रद्धा भक्ति पूर्वक मनाइन भक्तजनहरू पूर्वतयारिमा जुट्न थालेका छन् । शिवरात्रीको अवसरमा विशेषगरी रसुवा जिल्लामा अवस्थित पवित्रतीर्थ गोसाइँकुण्डमा भक्तजनको आकर्षण बढ्दो छ । समुद्री सतहदेखि करिब चार हजार ३८० मिटर उचाइमा अवस्थित यो तीर्थस्थल धार्मिक, सांस्कृतिक तथा प्राकृतिक दृष्टिले अनुपम मानिदै आएको छ ।

धार्मिक मान्यताअनुसार गोसाइँकुण्ड भगवान् शिव विराजमान रहनुभएको पवित्र कुण्ड हो । शिवरात्रिका दिन यहाँ स्नान, पूजा र आराधना गरेमा मनोकामना पूरा हुने जनविश्वास छ । पौराणिक कथाअनुसार समुद्र मन्थनका क्रममा उत्पन्न भएको हलाहल नामक कालकूट विष भगवान् शिवले ग्रहण गरी सम्पूर्ण प्राणी जगतको रक्षा गर्नुभएको थियो । यही कारण शिवलाई ‘नीलकण्ठ’ भनिएको मान्यता रही आएको छ ।

जीवनमा सके तीन पटक र नसके कम्तीमा एक पटक भए पनि गोसाइँकुण्डको दर्शन गर्नुपर्ने उल्लेख हिमवत्खण्डमा गरिएको छ, जसले यसको धार्मिक महत्वलाई थप पुष्टि गर्दछ । काठमाडौँबाट रसुवाको धुञ्चेसम्म सवारीसाधनमार्फत यात्रा गरी धुञ्चेदेखि तिवारीबगर, खन्ति, डिम्सा, चन्दनबारी, चोलाङपाटी, लौरीविनायक हुँदै पवित्रतीर्थ गोसाइँकुण्ड पुग्न सकिन्छ ।

धुञ्चेबाट उकालो यात्रा सुरु भएपछि लौरीविनायकभन्दा माथि लेक लाग्ने भएकाले चन्दनबारीमा एक रात विश्राम गरी कुण्डतर्फ लाग्दा यात्रा सहज हुने होटल व्यवसायी सुब्बा लामाले जानकारी दिनुभयो । गोसाइँकुण्डमा विशेष गरी जनैपूर्णिमा र कगङगा दशहरामा ठूलो मेला लाग्ने गर्दछ । यी अवसरमा हजारौँ भक्तजन कुण्डमा स्नान गर्न पुग्ने गर्दछन् । गोसाइँकुण्डको मेलाका समयमा धार्मिक यात्रुको सुरक्षार्थ विशेष सुरक्षा फोर्स तयार गर्ने गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिनुभयो ।

पछिल्ला वर्षमा २०७२ सालको भूकम्पपछि युवा पुस्ता बाह्रै महिना गोसाइँकुण्ड पुग्न थालेका छन् । जसले धार्मिक पर्यटनलाई निरन्तरता दिएको छ । शिवरात्रिका अवसरमा नीलाद्री पर्वत पुगेर भगवान् शिवको दर्शन गर्नुपर्ने रसुवाका पुरोहित टङ्कप्रसाद ढकालले सुझाव दिनुभयो । गोसाइँकुण्ड यात्रालाई सहज बनाउन नमस्ते पासाङ ल्हामु यातायात प्रालिले आवश्यक यात्रुवाहक सवारीसाधनको व्यवस्था गर्दै आएको छ । साना सवारीसाधन शिवपुरी, ढिकुरे, विदुर हुँदै धुञ्चे पुग्ने गरेका छन् भने ठूला सवारीसाधन माछापोखरी–नागढुङ्गा–गल्छी–त्रिशूली मार्ग हुँदै धुञ्चे पुग्ने गर्दछन् ।

लौरीविनायकको उकालो यात्रा गर्न भक्तजनका लागि हवाइ मार्गबाट हेलिकप्टर सेवासमेत उपलब्ध गराउँदै आएको सेवा सञ्चालकले बताएका छन् । नेपालमा रहेका अधिकांश हेलिकप्टर कम्पनीले शिवरात्रि तथा अन्य धार्मिक पर्वका अवसरमा धार्मिक उडान भर्दै आएका छन् । गोसाइँकुण्डको डिलमा सिम्रिक एयर कम्पनीले एउटा शिवको मूर्ति स्थपना गरेका कारण पूजाआजामा भक्तजनलाई अत्यन्तै सहज भएको भक्तजनले बताएका छन् ।

गोसाइँकुण्डमा स्नान तथा पूजा आराधना गरेमा शरीरका रोगव्याध हट्ने, पारिवारिक सम्बन्ध प्रगाढ हुने र सन्तानको शिक्षामा सकारात्मक प्रभाव पर्ने जनविश्वास रहँदै आएको छ । यही धार्मिक आस्थाका कारण गोसाइँकुण्ड केवल तीर्थस्थल मात्र नभई आध्यात्मिक ऊर्जा प्राप्त गर्ने केन्द्रका रूपमा परिचित छ । यतिबेला कुण्डमा पानी जमेर बरफ बनेको अवस्था छ । यसले भक्तजनलाई थप सतर्कता अपनाउन आवश्यक बनाएको छ । बरफमाथि हिँड्दा फुटेर कुण्डभित्र खस्ने जोखिम रहन्छ । गोसाइँकुण्ड क्षेत्र रामसार सूचीमा सूचीकृत पवित्र तीर्थस्थल भएकाले यसको संरक्षण सबैको साझा दायित्व भएको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताउनुभयो ।

कुण्डमाथि हिउँ खेल्ने वा हिँड्ने निहुँले भगवान शिव विराजमान रहनु भएको स्थानमा नटेक्न सम्पूर्ण भक्तजनलाई उहाँले आग्रह गर्नुभएको छ । धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र सांस्कृतिक पहिचान बोकेको गोसाइँकुण्डको संरक्षण गर्दै श्रद्धापूर्वक दर्शन गर्नु नै साँचो शिवभक्ति हुने जानकारहरूको भनाइ छ । पहिला पहिला हिँडेर जानुपर्ने क्षेत्रमा पुर्वाधारको विकास संगै अहिले काठमाडौंको माछापोखरी देखि यातायात सञ्चालनका रहेकाले यो वा त्यो वाहनाको फुदागाँसी साना सवारी साधनले बढी भाडा असुल्ने भएकाले सवै यात्रुले सजकता अपनाउन आग्रह गरिएको छ ।

चिसो मौसम भएकाले तातो लुगाको साथै कागती, अदुवा , सातु सामल र औषधी समेत साथमा लिई जान उपयुक्त र लाभदायक हुन्छ । गोसाइँथान जाने भक्तजनको सुविधालाई ध्यानमा राखि बागमती प्रदेशको भौतिक तथा पूर्वाधार मन्त्रालयले दीर्घकालीन गुरु योजनाअन्तर्गत पूर्वाधारको गुरु योजनाको काम अगाडि बढाएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । गोसाइँकुण्ड जाँदा कुण्डमा स्नान गर्दा भिजेको लुगा र कुनै पनि फोहर जथाभावी नफ्याँक्न, पैदल मार्गमा देखापर्ने रेडपाण्डालगायत वन्यजन्तुलाई मायालु वातावरणमा हेरिदिन र लौरीका नाममा वन जङ्गलका कुनै पनि बनस्पति नकाट्न सबै भक्तजनलाई अनुरोध गरिएको वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार साहले बताउनुभयो ।रासस