८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

इपिसेन्टर चितवन-३: सोवितामाथि रेणुको रणनीति

इपिसेन्टर चितवन-३: सोवितामाथि रेणुको रणनीति
अ अ+ अ-

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचन नजिकिँदै छ । जति चुनाव नजिक आउँदैछ, त्यति नै यो निर्वाचनमा राष्ट्रिय राडारमा परेका केही इपिसेन्टरहरुको चर्चा पनि बढ्दैछ । यस्तै राडारमा परेको र राष्ट्रिय चर्चामा रहेको एक निर्वाचन क्षेत्र हो चितवन— ३ पनि ।

जहाँ नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यसअघि छोडेर गोरखा भागेका थिए । त्यस अघि अर्थात् विसं २०७४ को चुनावमा चितवन— ३ बाट जितेका प्रचण्ड विसं २०७९ को चुनावको अत्यतिर त्यहाँबाट गोरखा पुगेर चुनाव लडेका थिए ।

अहिले चितवनको त्यही क्षेत्रमा उनकी छोरी रेणु दाहाल प्रतिनिधिसभाका लागि नेपाली कम्युनिष्ट पार्टीको उम्मेदबारका रुपमा उठेकी छिन् । यसकारण यो निर्वाचन क्षेत्र देशका अन्य केही निर्वाचन क्षेत्रजस्तै चर्चा र चासोको केन्द्रमा छ ।

अहिले प्रचण्ड माओवादी आन्दोलनको केन्द्र भन्दै यसपालि गोरखा पनि छोडेर रुकुम पुगेका छन् । उनले उता टुरिष्ट उम्मेदबारको आलोचना खेपिरहेका छन्, तर यता चितवनमा भने उनकी छोरी रेणुले सम्भवतः रास्वपाकी उम्मेदबारसँग कडा टक्कर लिँदैछिन् ।

अघिल्लो चुनावको अवस्था हेर्ने हो भने २०७४ सालमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले जितेको चितवन क्षेत्र नम्बर ३ मा २०७९ मा राप्रपाका विक्रम पाण्डे विजयी भएका थिए । पाण्डेले आफ्ना निकट प्रतिद्वन्द्वी माओवादी केन्द्रका भोजराज अधिकारीलाई नौ हजारभन्दा बढी मतले जितेका हुन् ।

अघिल्लो चुनवामा पाण्डेलाई एमालेको सहयोग थियो भने २०७४ को चुनावमा प्रचण्डलाई नेपाली कांग्रेसको सहयोग थियो । त्यस बर्ष कांग्रेसले विद्रोह नै गरेको थियो । विद्रोहकै बाबजुद पनि प्रचण्डले जित हात पारेका थिए ।

अन्तिम परिणामअनुसार पाण्डेले ३५ हजार ५५ मत ल्याउँदा अधिकारीले २५ हजार ८ सय २२ मत ल्याएका थिए । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बराल तेस्रो स्थानमा मत पाएकि थिइन् । उनले १४ हजार ८ सय ४२ मत ल्याएकी थिइन् ।

अहिले सो क्षेत्रमा रेणु नेकपाबाट छिन् भने रास्वपाबाट पूर्व सांसद सोविता गौतम उठेकी छिन् । उनी यसअघि रास्वपाबाट लोकप्रियम मत प्राप्त गरेकी सांसद हुन् भने अर्कातर्फ संसदमा राम्रो प्रस्तुति आदि दिएर रास्वपाका अरु सांसदहरुका तुलनामा राम्रो छवि पनि बनाएकि छिन् । यहाँ कांग्रेस र एमालेले पनि आआफ्नै उम्मेदबारलाई अघि सारेका छन् । तर एक्लाएक्लै लड्ने अवस्था अहिले आएको छ ।

यसकारण पनि अहिले परिस्थिति फेरिएको छ । किनभने यस पटकको निर्वाचनको अनुमान, आँकलन गर्ने नसक्ने अवस्था आएको छ । किनभने अहिले सबै पार्टी आआफ्नो उम्मेदबार दिएर मैदानमा उत्रिएका छन् । यसअघि चाहिँ नेपाली कांग्रेस, नेकपा एमाले र पहिलेको माओवादी हाल नेकपाहरु कुनै न कुनैसँग गठबन्धन गरेर चुनावमा जाने गर्दथे । तर, अहिले त्यस्तो अवस्था छैन ।

मतदातासमक्ष यस पटक रेणुको बल बिगतमा गरेका कामहरु नै हो । उनी भरतपुर महानगरपालिकाकी मेयर थिइन् र मेयर पदबाट राजीनामा दिएर संसदको चुनावका लागि आएकी हुन् । त्यसैले उनको भर भनेको आफूले मेयर हुँदा गरेका जस्तै बाटोघाटो, बिजुली एवं सडकमा बिजुली, घरघरमा खानेपानी र नहर लगाएत स्वास्थ्य, शिक्षा, पर्यटन, नदिनाला तटबन्धन एवं नदि व्यवस्थापन सबै क्षेत्रको विकास मुख्य आधार हो ।

अन्य महानगरका तुलनामा चितवनमा केही काम भएको पनि छ । यही कामले पनि आफूलाई चितवनका जनताले सांसदका रुपमा छनेर पठाउलान् भन्ने आस उनको हो । आफूले चितवनमा गरेका विकास निर्माणका कामहरुको अवस्थालाई यहाँका स्थानीय जनताले राम्रोसँग मूल्यांकन गर्लान् भन्ने आसमा अहिले पनि उनी रहेकी छिन् ।

तर, उनले सोचेजस्तो पनि छैन परस्थिति । किनभने यो बर्ष धेरैपछि त्यहाँका कांग्रेस र एमालेले पनि आफ्नै चुनाव चिह्नमा मत हाल्न पाएका छन् । जस्तो कि यहाँका कांग्रेसी जनले यो भन्दा अघि पनि पाएन र त्यसअघि पनि रुख चिह्नमा सो क्षेत्रमा मत हाल्न पाएका छैनन् । त्यस्तै एमालेको अवस्था पनि त्यस्तै छ ।

अर्कातर्फ यसर ठूला राजनीतिक दलहरुले एक्लै चुनावी मैदानमा पनि यसरी लडेका छैनन् । कहिले एमाले माओवादी त कहिले कांग्रेस माओवादी भएर चुनावमा जाने गरेका थिए । त्यसले एक्लै चुनावमा गएका यसपटकको चुनावमा कुन पार्टीका कति मत छन् भन्ने कुराको पनि अहिले नै यकिन तथ्यांक छैन । त्यसैले यसै हो भनेर भन्न सकिने अवस्था छैन ।

अर्कातर्फ यसबर्ष देशैभरि रास्वपाको माहौल देखिएको छ । त्यसैले पनि तुलनात्मक रुपमा अघिल्लो संसदमा एक प्रकारको छवि बनाएकी सोविताले पनि यहाँ बाजी मार्न सक्ने अवस्था देखा पर्दैछ । तर यसअघिको निर्वाचनमा रास्वपाका उम्मेदबारको धेरै मतको अन्तरले तेस्रो अवस्थामा रहेकाले पनि उनीहरुलाई पनि धेरै नै मेहनत गर्नुपर्ने अवस्था देखिन्छ ।