काठमाडौँ: काठमाडौँको शंखरापुर नगरपालिका– ७ साँखुमा माधवनारायण श्री स्वस्थानी, शालीनदी मेलामा आइतबार भक्तजनको घुइँचो लागेको छ । यहाँ पौष शुक्ल पूर्णिमादेखि माघ पूर्णिमासम्म एक महिना मेला लाग्ने गर्छ । आज स्वस्थानी व्रतको समाप्ति हुने दिन हो ।
यसैगरी, भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा एक महिने कठिन माधवनारायण मेला एवं ब्रत समापन गर्ने क्रममा ब्रतालुहरुले आज त्रिवेणीधाममा स्नान गरेका छन् ।
तस्बिरः हरिराम भेटुवाल / रमेश गिरि



भक्तपुरको मध्यपुरथिमि नगरपालिकास्थित सिद्धिकाली मन्दिरमा आज माघ शुक्ल पूर्णिमाको दिन श्रीस्वस्थानी ब्रत समापन पूजा एवं होममा सहभागी ब्रतालुहरु । तस्बिरः रमेश गिरी/रासस








