३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना

नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पोको एघारौं संस्करण माघ २२ देखि २५ गतेसम्म भृकुटीमण्डपमा हुने

नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पोको एघारौं संस्करण माघ २२ देखि २५ गतेसम्म भृकुटीमण्डपमा हुने
अ+ अ-

काठमाडौँ ।निर्माण तथा भवन सामग्री क्षेत्रको नेपालको सबैभन्दा ठूलो प्रदर्शनी ‘नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पो’ को एघारौं संस्करण यस पटक स्वदेशी कम्पनीहरुको बढी सहभागितासहित आयोजना हुँदैछ ।

मिडिया स्पेश सोलुसन्स प्रा.लि.का प्रवन्ध निर्देशक सिर्जल भट्टराईकाअनुसार एक्स्पो माघ २२ गतेदेखि २५ गतेसम्म भृकुटीमण्डपमा हुन लागेको हो । मिडिया स्पेश सोलुसन्स प्रा.लि. र फ्युचरएक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रा.लि.को आयोजनामा हुन लागेको यस संस्करणको मुख्य विशेषता भनेको स्वदेशी तथा विदेशी कम्पनीहरुको सहभागितामा आएको उल्टो अनुपात हो ।

विगतका वर्षहरुमा विदेशी कम्पनीहरु बढी रहने गरेकोमा यस पटक नेपाली कम्पनीहरुको सहभागिता ६० प्रतिशत पुगेको छ भने विदेशीहरु ४० प्रतिशत मात्र रहेको उहाँले बताउनु भयो ।  प्रदर्शनीले नेपालको निर्माण उद्योगलाई अपडेट गर्न तथा भिजिटरहरुलाई नयाँ जानकारी दिने लक्ष्य राखेको उहाँले बताउनु भयो । यसका लागि विभिन्न आकर्षक कार्यक्रमहरु पनि राखिएको छ । जसमध्ये भ्लगिङ कम्पिटिसन प्रमुख छ । नेपालका कन्टेन्ट क्रिएटर तथा भ्लगरहरुले प्रदर्शनी अवधिभर भ्लग तथा भिडियो बनाएर पोस्ट गरेमा उत्कृष्टलाई नगद पुरस्कार दिइने छ । पहिलो पुरस्कार ५० हजार, दोस्रो ३० हजार र तेस्रो २० हजार रुपैयाँ रहेको छ । यसको विस्तृत जानकारी आयोजकको फेसबुक पेजमा उपलब्ध रहेको भट्टराईले बताउनु भयो । प्रदर्शनी माघ २२ देखि २५ गतेसम्म बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म भृकुटीमण्डपमा सञ्चालन हुनेछ । प्रवेश निःशुल्क रहेको उहाँले जानकारी दिनुभयो । यो प्रदर्शनी निर्माण, आर्किटेक्चर, इन्टेरियर डिजाइन, भवन सामग्री, मेसिनरी तथा नवीन प्रविधिका लागि महत्वपूर्ण प्लेटफर्म बन्ने अपेक्षा गरिएको छ ।

‘नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पोको एघारौं संस्करणको विशेषता भनेको विभिन्न स्वदेशी तथा विदेशी कम्पनीहरुको सहभागिता रहेको छ । यस पटक पहिलोचोटी हामीले विदेशी भन्दा स्वदेशी कम्पनीहरु धेरै देखिरहेका छौँ । नेपालमा फ्याक्ट्रीहरु स्टार्ट भएर उत्पादन भएको छ, उहाँहरुको उत्पादनहरु यहाँ धेरै देख्न पाउनुहुन्छ । विगतका वर्षहरुमा इन्टरनेशनल र नेपालका कम्पनीहरुको रेसियो जुन थियो, अहिले उल्टिएको छ । अहिले नेपाली कम्पनीहरुको ६० प्रतिशत छ भने विदेशी कम्पनीहरु ४० प्रतिशत छन् ।’ उहाँले भन्नुभयो, ‘टायल्स, टोब हाउस, प्रि–फ्याब्रिकेटेड हाउस, फ्लोरिङ सबै कुरालाई हामीले समेटेका छौँ । यि क्षेत्रमा नयाँ के आएको छ भन्नेकुरा प्रदर्शनीमा देख्न पाउनुहुनेछ । हाम्रो टार्गेट भिजिटर्स रिच गर्नको लागि र यो एग्जिबेसन नेपालको इण्डस्ट्रीलाई अपडेट गर्नको लागि हो भनेर देखाउन विभिन्न काम गरिरहेका छौँ । भ्लगिङ कम्पिटिसन राखेका छौँः जसमा नेपालका कन्टेन क्रिएटर्स, भ्लगरहरुले यो एग्जिबेसनको रन हुने समयसम्म उहाँहरुले भ्लग, भिडियोज बनाएर पोस्ट गर्नुभयो भने फस्र्टलाई ५० हजार, दोस्रोलाई ३० र तेस्रोलाई २० हजार दिने भनेका छौँ । यसको विस्तृत जानकारीका लागि फेसबुक पेजमा गएर बुझ्न सक्नुहुनेछ । यो प्रदर्शनी माघको २२ देखि २५ गतेसम्म बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म भृकुटीमण्डपमा हुँदैछ । प्रवेश निःशुल्क छ ।’ 

नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीले नेपालको निर्माण उद्योगलाई आधुनिक प्रविधिसँग जोड्दै पूर्वाधार विकासमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको छ । प्रदर्शनीमार्फत स्वदेशमै उत्पादन भएका निर्माण सामग्री तथा प्रविधिलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने साथै अन्तर्राष्ट्रिय बजारमा चलेका नवि प्रविधि, सेवा तथा वस्तु नेपालमा भित्र्याउने अवसरसमेत प्रदान हुँदै आएको छ । प्रदर्शनीमा आर्किटेक्चरल हार्डवेयर, अल्युमिनियम एक्स्ट्रुजन, मार्बल, टायल्स, स्यानिटरी वेयर, मोड्युलर तथा आधुनिक किचन, रुफिङ, क्ल्याडिङ, लिफ्ट, एलिभेटर, एस्केलेटर, ढोका, झ्याल, फ्लोरिङ, वाल कभरिङ, ग्लास ग्लेजिङ, पाइप, प्लम्बिङ, फिटिङ्स, कन्सट्रक्सन केमिकल, पीभीसी र यूपीभीसी प्रोफाइल, ब्याट्री, जेनेरेटर र सिमेन्ट तथा स्टिललगायत निर्माणका सम्पूर्ण सामग्री तथा सेवा पाउन सकिन्छ । निर्माण क्षेत्रमा आवद्ध व्यवसायी, आयातकर्ता, उत्पादक, वितरक, सेवाप्रदायकजस्ता सम्पूर्ण पक्ष समेटिएको प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त कम्पनी, व्यवसायी, उत्पादक, वितरक, डिजाइनर, इन्जिनियर, आर्किटेक्ट एवं निर्माणसँग सम्बन्धित पेशामा आवद्ध व्यक्तिका साथै निजी आवास, व्यापारिक कम्प्लेक्स, व्यावसायिक भवन निर्माण गर्न चाहने व्यक्ति तथा संघ–संस्थाका र सर्वसाधारणको पनि उपस्थिति रहनेछ ।