९ असार २०८३, मंगलवार
,
Latest
पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन पारित गराउने गरी काम भइरहेको छः शिक्षासचिव पौडेल एमाले संसदीय दलको बैठक सुरू, समसामयिक राजनीति र भावी रणनीतिबारे छलफल हुने रास्वपा सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा आणविक निरीक्षणमा इरानको अडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ महिला च्याम्पियनसिपमा भारतसँग नेपाल पराजित



अ+ अ-

कास्की। पोखरामा आजदेखि सुरु भएको साफ यू–१९ महिला च्याम्पियनसिप फुटबलमा नेपाल १–० गोलले भारतसँग पराजित भएको छ ।

पोखरा रङ्गशाालास्थित फुटबल मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोेस्रो हाफको चौथो मिनेटमा भारतकी पर्ल फर्नानडेजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

नेपाल एक गोलले पछि परेपछि खेलमा फर्कन प्रयास गरे पनि सफल हुन सकेन । घरेलु टोली नेपाललाई निराश बनाएको भारत आफ्नो पहिलो खेलमा तीन अङ्क जोड्न सफल भएको छ । नेपालले अब भुटानसँग सोमबार दोस्रो खेल खेल्नेछ ।

यसअघि आजै सम्पन्न पहिलो खेलमा बंगलादेशले भुटानलाई १२–० को फराकिलो अन्तरले हराउन सफल भएको छ । बगलादेशले पहिलो हाफमा चार गोल गर्दा दोस्रो हाफमा थप आठ गोल गर्न सफल भयो । बङ्गलादेशकी मोस्ट मुन्की अख्तरले चार तथा श्रीमोती तृष्ना रानी र अल्पी अख्तरले ह्याट्रिक गरिन् । मामोनी चक्का र अर्पिता विश्वास अर्पिताले समान एक गोल गरेकी हुन् ।

प्रतियोगितामा चार टोलीले भाग लिएका छन् । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को समन्वय तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा हुने प्रतियोगिता ‘राउन्ड रोबिन लिग’ प्रणालीमा सञ्चालन हुनेछ ।

जहाँ प्रत्येक टोलीले अन्य टोलीसँग एक–एक खेल खेल्ने छन् । प्रतियोगिताको लिग चरणपछि शीर्ष दुई टोलीले माघ २४ मा हुने फाइनल खेलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।  रासस