१६ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्घाखाँचीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु



अ+ अ-

अर्घाखाँची। सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्डअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नौटारीमा टिपरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

हंसपुरबाट टारीतर्फ आउँदै गरेको लु १ क ५१३३ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री मालारानी गाउँपालिका–५ बस्ने ३२ वर्षीय उमेश खत्रीको आज मृत्युु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरक्षिक  दिवस जिसीले जानकारी दिनुभयो ।

ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । रासस