१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षा र हिमपातबाट प्रभावित जनजीवन सामान्यतर्फ



फाइल फोटो
अ+ अ-

काठमाडौँ। मङ्गलबार र बुधवार पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुँदा देशका धेरै स्थानमा वर्षा र हिमपात भएपछि प्रभावित भएको जनजीवन आजदेखि सामान्य बनेको छ ।

वर्षा र हिमपातले ठाउँठाउँमा यातायात आवागन तथा जनजीवन प्रभावित भएको थियो । हिमाली तथा उच्च पहाडी जिल्लाका सडकमा बाक्लो हिउँ पर्दा अवरुद्ध भएको सडक आज साँझसम्ममा हिउँ पन्छाएर आवागमन सञ्चालन गरिएको छ ।

सशस्त्र प्रहरीले आज अपराह्न मुस्ताङ जाने बाटोमा परेको हिउँसमेत पन्छाएको छ । अन्य विभिन्न क्षेत्रमा हिउँले अवरुद्ध भएको राजमार्ग खुलेको छ ।  सुरक्षा निकायको सक्रियतामा हिउँ पन्छाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । हिजो अपराह्नदेखि मौसममा सुधार आई आज बिहानैदेखि घाम लाग्दा दैनिक जनजीवन सामान्य भएको प्रहरीको भनाइ छ ।

जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले प्रणाली बाहिरिएर धेरै ठाउँमा घाम लागे पनि बिहान बेलुका भने चिसो कायम रहने हुँदा चिसोबाट जोगिन अनुरोध गर्नुभएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा भने हल्का हिमपात र वर्षा हुने उहाँले बताउनुभयो । तर मङ्गलबार र बुधबारको जस्तो अवस्था आइतबारसम्मलाई नरहेको उहाँले बताउनुभयो ।

पछिल्लो प्रणाली विकास हुँदा काठमाडौँ उपत्यकासहित पश्चिम कोशी र मधेस प्रदेशबाहेकमा वर्षा र हिमपात भएको थियो । यसपाली सबैभन्दा बढी वर्षा सुर्खेतमा ४३ मिलिमिटरसम्म भएको थियो । आज साँझको मौसम बुलेटिनअनुसार अहिले जुम्लामा माइनस ४.५ डिग्री, जोमसोममा शून्य डिग्री, दोलखाको जिरीमा माइनस शून्य दशमलव ८ डिग्री न्यूनतम तापक्रम रहेको छ ।

काठमाडौँमा ४.८, ताप्लेजुङमा ५.९, दिपायलमा ५.५ डिग्री न्यूनतम तापक्रम रहेको छ ।रासस