१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय लगानी सहजीकरणका लागि लगानी बोर्डद्वारा आर्थिक कूटनीति सम्पर्क व्यक्ति तोकियो



अ+ अ-

काठमाडौँ। नेपालमा अन्तर्राष्ट्रिय लगानीलाई थप सहजीकरण र प्रवद्र्धन गर्ने उद्देश्यले लगानी बोर्ड नेपालले उपसचिव मनोज रेग्मीलाई आर्थिक कूटनीति सम्पर्क व्यक्ति (फोकल पर्सन) नियुक्त गरेको छ ।

लगानी बोर्डका सहसचिव हेमराज तामाङका अनुसार आर्थिक कूटनीति सम्पर्क व्यक्तिले परराष्ट्र मन्त्रालय तथा विदेशस्थित नेपाली कूटनीतिक नियोगका प्रतिनिधिसँग समन्वय गर्दै नेपालमा लगानी भित्र्याउने कार्यमा सहजीकरण गर्नेछन् ।

साथै, नेपालमा लगानीसम्बन्धी विषयमा अन्तरराष्ट्रिय समुदायलाई जानकारी गराउने, सूचना आदानप्रदान गर्ने तथा लगानी प्रक्रियामा देखिएका समस्याको समाधानमा भूमिका निर्वाह गर्नेछन् ।

केही समयअघि लगानी बोर्डको सहकार्यमा परराष्ट्र मन्त्रालयले आयोजना गरेको बैठकमा विदेशस्थित नेपाली कूटनीतिक नियोगका प्रतिनिधिले लगानीसम्बन्धी विषयमा सम्पर्क व्यक्तिको व्यवस्था भए लगानीको प्रवद्र्धन र सहजीकरणमा थप प्रभावकारी भूमिका खेल्न सकिने धारणा व्यक्त गरेका थिए । लगानी बोर्डले आर्थिक कूटनीति सम्पर्क व्यक्ति तोकिएको जानकारी परराष्ट्र मन्त्रालयलाई गराइसकेको छ ।