१६ असार २०८३, मंगलवार
,
Latest
चितवनमा ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह सरकारले हुलाक सेवालाई पनि निजी क्षेत्रको सहकार्यमा अघि बढाउने योजना बनाएको छः सञ्चारमन्त्री तिमिल्सिना जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा जलवायु अनुकूलनमा नेपाललाई १ अर्ब ३३ करोड अनुदान, ६० हजार घरधुरी लाभान्वित रास्वपाले अद्यावधिक केन्द्रीय सदस्यको अन्तिम नामावली सार्वजनिक, पूजा बास्तोला र ध्रुव थापा मगर थपिए दुई सातामै उठ्यो ४२ करोड बढी बक्यौता, भाडा नतिर्ने उद्योगको लाइन काटियो सुनको मूल्य एकैदिन तोलामा ४ हजार ५०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तो मध्यपूर्व युद्धविराम पछि श्रीलङ्कामा इन्धनको मूल्यमा गिरावट रुट इजाजत विवादमा ट्रक व्यवसायीको जित, सर्वोच्चद्वारा रिट जारी टोखा र पालुङटारको सहकार्य सुरु, रैथाने उत्पादनदेखि पर्यटन प्रवर्द्धनसम्म साझेदारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु



अ+ अ-

नुवाकोट। नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा छुट्याउने क्रममा सोही स्थानका रणे तामाङको मृत्यु भएको छ ।

घेवारचौरस्थित ओङ्दी शेर्पा र उहाँका छोरा कुन्सा ग्याल्जेन शेर्पाबीचको झगडा छुट्याउन गएका ३३ वर्षीय रणे तामाङको लडेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार ओङ्दीको आमा चुङ्दी बिरामी भएकाले उनको स्वास्थ्यावस्था बुझ्न पुगेका छिमेकी तामाङले सोही समयमा भइरहेको शेर्पा र उहाँका छोराको विवाद समाधानका लागि सम्झाउने प्रयास गरेका थिए ।

बाबुछोराको विवाद बढ्दै गएसँगै बीचमा रहेर छुट्याउन लागेका तामाङको लडेर घटनास्थलमा नै मृत्यु भएको हो । उहाँको शरीमा चोटपटक केही नभएको हुँदा शवको परीक्षणपश्चात् मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ ।

शव परीक्षणका लागि आज त्रिशूली अस्पतालमा ल्याइएको छ भने घटनाका सम्बन्धमा कारबाहीका लागि अनुसन्धान गर्न प्रहरीले ५२ वर्षीय ओङ्दी शेर्पा र उहाँका छोरा २६ वर्षीय कुन्सा ग्याल्जेन शेर्पाले पक्राउ गरेको छ ।

प्रहरीले उनीहरूविरुद्ध ‘ज्यानसम्बन्धी कसुर’मा नियन्त्रणमा राखेर अनुसन्धानका लागि आज नुवाकोट जिल्ला अदालतबाट सात दिनको म्याद लिएको जनाएको छ । रासस