१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनमा हिमाली क्षेत्रका सबै मतदाताले मतदान गर्ने व्यवस्था सरकारले मिलाउनु पर्छः सोनम गेल्जेन शेर्पा



अ+ अ-

काठमाडौँ ।नेकपा (एमाले) का राष्ट्रियसभाका सांसद सोनम गेल्जेन शेर्पाले आसन्न निर्वाचनमा हिमाली क्षेत्रका सबै मतदातालाई मतदान हुने व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ ।

चिसोका कारण प्रतिनिधि सभाको आगामी फागुन २१ गते हुने निर्वाचनमा हिमाली क्षेत्रका करिव ६० प्रतिशत मतदाताहरु मतदानमा सहभागी हुन नपाउने अवस्था भएकाले उनीहरुलाई पनि मतदानमा सहभागी गराउनका लागि सरकारले आवश्यक व्यवस्था मिलाउनुपर्ने सांसद शेर्पाको भनाई थियो । बुधवार राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले सबै मतदातालाई मतदानमा भाग लिन पाउने अधिकारबाट वञ्चित गराउने काम उचित नहुने समेत बताउनु भयो ।

सांसद शेर्पाले भन्नुभयो, ‘सरकार  र निर्वाचन आयोगले निर्वाचन घोषणा गरिसकेको छ ।  निर्वाचन फागुन २१ गते हुँदैछ । फागुन २१ गते हिमाली क्षेत्रमा ठण्डा रहेका कारण मतदानमा जाने स्थिति छैन । अब हिमाली क्षेत्रमा करिव ३०, ४० प्रतिशत मात्रै भोट झर्ने अनुमान गरिन्छ । त्यसकारण ६० प्रतिशत जनताहरु मतदानबाट बञ्चित हुने अवस्था देखिन्छ । त्यतातर्फ सरकारको ध्यानाकर्षण गराउँछु ।’

सांसद शेर्पाले निर्वाचनलाई आम मतदाताको हित हुने गरी उपयोग गर्नुपर्नेमा पनि जोड दिनुभयो ।