१६ असार २०८३, मंगलवार
,
Latest
सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल मधेसबाहेक देशभर वर्षा, कञ्चनपुरमा २४ घण्टामै १४७.४ मिमी वर्षा इरानद्वारा अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार, सम्झौता कार्यान्वयनका लागि विशेषज्ञ प्रतिनिधिमण्डल पठाउने स्थानीय तहका समस्या समाधानमा मन्त्री रावल, मधेशका मुख्यमन्त्रीसगँ गरिन् छलफल काठमाडौं केन्द्रित नार्कको काज प्रथामा अन्त्य, दुर्गममा कर्मचारी अनिवार्य खटाइने ९ दिनदेखि माइतीघरमा दृष्टिविहीनको आन्दोलन: रोजगारी वा बेरोजगार भत्ता माग कोशी प्रदेशसभा बैठक फेरि स्थगित, अब असार १८ गते बस्ने चितवनमा ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह सरकारले हुलाक सेवालाई पनि निजी क्षेत्रको सहकार्यमा अघि बढाउने योजना बनाएको छः सञ्चारमन्त्री तिमिल्सिना जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

खडकको कप्तानीमा प्रधानमन्त्री कप क्रिकेट खेल्ने टोली घोषणा



अ+ अ-

बैतडी। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट खेल्ने बैतडीको अन्तिम टोली सार्वजनिक गरिएको छ ।

बैतडी जिल्ला क्रिकेट सङ्घका सचिव सिद्धराज बोकटीका अनुसार खडक बोहराको कप्तानीमा १४ सदस्यीय टोली सार्वजनिक गरिएको हो ।

जिल्ला सङ्घले विभिन्न प्रतियोगिता आयोजना गरी प्रदर्शनका आधारमा अन्तिम टोली छनोट गरिएको बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्दले बताउनुभयो ।

यस्तो छ अन्तिम टोली ः  खडक बोहरा (कप्तान), लोकेन्द्र चन्द (उपकप्तान), सुनिल चन्द (विकेट किपर), गजेन्द्र बोहरा, दीपक बोहरा, नरेन भट्ट, हिक्मत महरा, सचिन भट्ट, आयुश चन्द, लक्ष्मण कार्की,  भूपेन्द्र चन्द, विक्रम बोहरा, निखिल चन्द र प्रदीप चन्द रहेका छन् । दीपेश बोहरा, कल्पेश चन्द र रिषिकेश बोहरा वैकल्पिक खेलाडीको सूचीमा रहका छन् ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा फाप्ला क्रिकेट मैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा बैतडीको पहिलो खेल माघ १८ गते दार्चुलासँग रहेको छ ।

प्रतियोगितामा प्रदेशका आठ जिल्लाका टोलीको सहभागिता रहने प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मणदत्त भट्टले बताउनुभयो । प्रदेश छनोटपछि राष्ट्रिय क्रिकेट खेल्न सुदूरपश्चिमको टोली बनाइनेछ ।रासस