१६ असार २०८३, मंगलवार
,
Latest
झापामा मकै उत्पादनमा ह्रास जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह विदेशी आवासीय अनुमति लिएका ४ कर्मचारी सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा परेको ओलीको आरोप उत्पादनमा आधारित उद्योगलाई सरकारले प्रोत्साहन गर्छः मुख्यमन्त्री बानियाँ सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय राजदूतावासमा मनाइयो भारतको ७७औँ गणतन्त्र दिवस



अ+ अ-

काठमाडौँ। नेपालमा रहेका भारतीय समुदाय र भारतका मित्रहरुको सहभागितामा आज काठमाडौँस्थित भारतीय राजदूतावासमा भारतको ७७ औँ गणतन्त्र दिवस मनाइएको छ ।

कार्यक्रममा कार्यवाहक राजदूत डा राकेश पाण्डेले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर कार्यक्रम शुभारम्भ गरिएको थियो । तत्पश्चात ७७ औँ गणतन्त्र दिवसको पूर्वसन्ध्यामा भारतका राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रका नाममा गर्नुभएको सम्बोधनको भिडियो प्रस्तुत गरिएको थियो ।

सो अवसरमा कार्यवाहक राजदूत पाण्डेले भारतीय सशस्त्र बलका दिवङ्गत सैनिकका श्रीमती र निकटतम् नातेदारलाई सम्मान गर्नुका साथै रु सात करोड २० लाख बराबरको एजीआइएफ (आर्मी ग्रुप इन्स्योरेन्स फन्ड) चेकहरु हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा विगत एक वर्षमा भारत–नेपाल सम्बन्धमा भएको महत्वपूर्ण प्रगतिलाई समेटिएको भिडियो प्रस्तुत गरिएको थियो । यस अवसरमा राजदूतावासमा रहेको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका विद्यार्थी तथा शिक्षकहरूका साथै नेपाली कलाकारहरूले समेत नृत्य र साङ्गीतिक प्रस्तुति दिएका थिए ।रासस