१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती

प्रत्येक वर्ष ३ हजार जनाको मिर्गौला फेल, अब यस्ता छन् बच्ने उपायहरु…

प्रत्येक वर्ष ३ हजार जनाको मिर्गौला फेल, अब यस्ता छन् बच्ने उपायहरु…
अ अ+ अ-

काठमाडौं । नेपालमा प्रत्येक वर्ष ३ हजार जनाको मिर्गौला फेल हुने गरेको छ । राष्ट्रिय मिर्गौला उपचार केन्द्रका अनुसार नेपालमा १० जनाको मिर्गौला जाँच गर्दा एक जनामा मिर्गौलाको समस्या हुने गरेको पाइएको छ । नेपालमा करिब ३० लाख मानिसमा कुनै न कुनै रूपमा मिर्गौलाको समस्या रहेको विभिन्न अध्ययन–अनुसन्धानले देखाएको छ । यद्यपि, सरकारले मिर्गौला फेल भएका नागरिकको तथ्यांक एकीकृत गरेको छैन । स्वास्थ्य सेवा विभागको पछिल्लो तथ्यांकअनुसार ४ हजार ८ सय जनाले मिर्गौलाको डायलाइसिस गर्दै आइरहेका छन् ।

एक जनाको एकपटक डायलाइसिस गर्न सरकारले २ हजार ५ सय रुपैयाँ छुट्याएको छ । चिकित्सकहरूका अनुसार अचानक वा दीर्घ रूपमा शरीरको मिर्गौलाले काम गर्न छाडेको अवस्थामा शरीरमा जम्मा हुन पुग्ने विकारजन्य पदार्थलाई मेसिनको सहायताले शरीरबाट बाहिर निकाल्ने प्रक्रिया डायलाइसिस हो । राष्ट्रिय मिर्गौला उपचार केन्द्रका अनुसार हरेक वर्ष ३० हजार नयाँ मिर्गौलामा समस्या भएका व्यक्तिहरू थपिने गरेका छन् ।

सरकारले मिर्गौला फेल भएका विपन्न बिरामीलाई निःशुल्क डायलाइसिस, निःशुल्क मिर्गौला प्रत्यारोपण र आवश्यक उपचार तथा औषधिका लागि १ लाख रुपैयाँ सहुलियत रकम सहयोग गर्दै आइरहेको छ । सरकारले सूचीकृत गरेका डायलाइसिस सेन्टरबाट विपन्न नागरिकको डायलाइसिस गर्दा कुनै पनि शुल्क लाग्दैन । त्यसका लागि स्थानीय तहले विपन्न नागरिक भनेर प्रमाणीकरण गर्नुपर्ने हुन्छ । मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेका अनुसार मिर्गौलामा समस्या आउन नदिन जनचेतना प्रदान गर्न आवश्यक रहेको छ ।

उनले भने, ‘मिर्गौलाको समस्या हुन नदिन पहल गरेपछि मात्र नयाँ मिर्गौला रोगीहरूको संख्या घट्छ, त्यसका लागि सरकारले सचेतना फैल्याउनुपर्छ ।’ चिकित्सकहरूका अनुसार मिर्गौलामा समस्या आएपछि रगतको फोहोर र पानी शरीरमै बस्ने भएकाले समस्या देखापर्छ र मिर्गौलाले काम गर्न छोड्नु मिर्गौला फेल हो । राष्ट्रिय मिर्गौला उपचार केन्द्रका प्रशासकीय प्रबन्धक विमल बरालले मिर्गौला डायलाइसिस कार्यक्रमलाई सरकारी तवरबाटै व्यवस्थित र प्रभावकारी बनाइनुपर्नेमा जोड दिए ।

लक्षणहरू

  • पिसाब धमिलो आउने
  • धेरैपटक वा कम पिसाब लाग्ने
  • हातखुट्टा सुन्निने
  • छातीको पछाडिपट्टिको भाग सुन्निने
  • भोक नलाग्ने वा भोक बढी लाग्ने
  • छाला चिलाउने
  • अरुचि हुने
  • कुनै रोग लाग्यो भने लामो समयसम्म निको नहुने

बच्ने उपाय

  • प्रत्येक वर्ष मिर्गौला परीक्षण गराउने
  • प्रशस्त मात्रामा पानी पिउने
  • मधुमेह वा उच्च रक्तचापबाट बच्ने
  • बच्चामा प्रत्येकपटक ज्वरो आउँदा पिसाब जाँच गराउने राजधानी दैनिकबाट