१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री कार्कीद्वारा सुशासन र असल अभ्यासमा जोड



फाइल फोटो
अ+ अ-

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासन र असल अभ्यासमा जोड दिनुपर्ने बताउनु भएको छ।

आज कोशी सहयोग कार्यक्रम निर्देशक समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले स्वीस सरकारको सहयोगमा सञ्चालित सो कार्यक्रमलाई छरितो ढङ्गले टुङ्ग्याउनुपर्ने बताउनुभयो ।

बैठकमा उहाँले कार्यविधि र अरु प्रक्रियाहरु चाँडो सकेर कामलाई द्रुत गतिमा आगाडि बढाउनुपर्नेमा जोड दिनुभएको थियो।स्वीस सरकारसँग नेपालको सम्बन्ध सात दशक लामो भएको चर्चा गर्दै उहाँले स्वीस सरकारको सहयोगको प्रशंसा गर्नुभयो ।

बैठकमा स्वीस सरकार विकास सहयोग कार्यक्रमअन्तर्गत सञ्चालित कार्यक्रमहरूको समीक्षा र प्रगतिका साथै आगामी दिनमा गर्न सकिने कार्यक्रमका बारेमा छलफल भएको थियो ।

यस कार्यक्रमअन्तर्गत करिब रु आठ करोड बराबरको कम्प्युटर प्रिन्टरलगायतका सामग्री स्थानीय तहमा हस्तान्तरण गरी जेनजी आन्दोलनपछि वडा कार्यालयहरु सञ्चालन गर्न सहयोग पु¥याइएको छ ।

यस कार्यक्रमले सङ्घीयता कार्यान्वयन र सुशासनमा सहयोग गर्दै आएको छभने प्रदेशमा कानुन निर्माणमा समेत यसले सहयोग गरेको छ । रासस