१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती

भन्सार पनि एकद्वार

भन्सार पनि एकद्वार
अ अ+ अ-

काठमाडौँ । लगानी सहजताका लागि हाल कार्यान्वयनमा रहेको एकद्वार प्रणालीजस्तै भन्सार जाँचपासको प्रक्रियामा पनि त्यस्तै प्रणाली प्रयोग गरिने भएको छ । सन् २०१३ मा यस्तो प्रणाली लागू गर्न विश्व बैङ्क र नेपाल सरकारबीच सम्झौता भए पनि विगत केही महिनायता मात्र यसको कार्यान्वयनका लागि तयारी अगाडि बढेको हो । ‘नेपाल राष्ट्रिय एकद्वार प्रणाली’ नाम दिइएको यो प्रणालीअन्तर्गत निर्माण हुने वेब पोर्टलमार्फत व्यापारीले आफूसँग सम्बन्धित कागजात अनलाइनमै पेस गर्नसक्ने छन् । त्यसरी पेस गरिएको कागजात र त्यससँग सम्बन्धित विवरण यसमा आबद्ध निकायहरूले समेत प्राप्त गर्नसक्ने छन् ।

फरकफरक निकायलाई कागजात बुझाउनुपर्ने बाध्यताबाट यो नयाँ प्रणालीले व्यापारीलाई निकै सहयोग पुग्ने विभागका महानिर्देशक सुमन दाहाल बताउछन् । यसले व्यावसायिक लागत कम गराई आपूर्ति हुने वस्तुको मूल्य घटाउन सहयोग पुर्याउने छ, उनले भने । दुई वर्षभित्र कार्यान्वयनमा ल्याउने योजनाअनुसार विभागले अहिले नेपाल राष्ट्रिय एकद्वार प्रणाली आयोजना कार्यान्वयन एकाइ गठन गरेको छ । अहिलेसम्म भन्सारसँग सम्बन्धित निकायको पहिचान र त्यस्ता संस्थासँग चरणबद्ध रूपमा छलफलको काम भइरहेको दाहालले बताए।

यो प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा आएपछि भन्सारमा एक किसिमको ‘चमत्कार’ नै हुने उनको भनाइ छ । भन्सार जाँचपास प्रक्रियालाई पूर्णतः कागजमुक्त (पेपरलेस) बनाउने योजनाअन्तर्गत यो प्रणाली कार्यान्वयनको काम भइरहेको विभागका उपमहानिर्देशक तथा यो आयोजनाका संयोजक श्यामप्रसाद भण्डारीले जानकारी दिए । अन्तर्राष्ट्रिय व्यापारसँग सम्बन्धित तथ्याङ्क तथा प्रतिवेदन प्रणालीलाई थप स्तरीय बनाउन र विद्युतीय भुक्तानी प्रणाली विकासमा पनि यो प्रणाली सहयोगी हुने उनले जानकारी दिए ।

करिब एक अर्ब रुपियाँ लागत रहने यो प्रणाली लागू गर्न गत जुनमै दुबईको वेब फोन्टेन गु्रपसँग विभागले सम्झौता गरिसकेको छ । सम्झौताअनुसार अबको डेढ वर्षभित्र यो प्रणाली कार्यान्वयनमा आइसक्नुपर्ने छ । हाल यसको आफ्नै छुट्टै वेबसाइट तयार भइसकेको छ त्यसलाई विभिन्न निकायले प्रयोग गर्नसक्ने गरी रूपरेखा तयार भइसकेको छ । वेबसाइटमा प्रज्ञापनपत्रका विवरण र आयात निर्यातका विवरण, एचएस कोड, करका दरजस्ता विवरण समावेश भइसकेका छन् ।

त्यस्तै सम्बन्धित निकायका मास्टर मोडल विकास गर्ने काम अहिले भइरहेको छ । विभागका अनुसार अहिले पहिलो चरणमा वाणिज्य विभाग, उद्योग विभाग, आन्तरिक राजस्व विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशुसेवा विभाग, औषधि व्यवस्था विभाग, यातायात व्यवस्था विभाग, कन्सुलर सेवा विभाग, नेपाल नापतौलसहित २१ वटा निकाय समेटिने छन् ।

‘फेसलेस’ भन्सारको बाटो

श्यामप्रसाद भण्डारी, उपमहानिर्देशक, भन्सार विभाग

एकद्वार प्रणाली कार्यान्वयनमा आएपछि व्यापारीले सबै निकायसँग कागज बोक्दै जानुपर्दैन । आफूलाई प्राप्त युजरनेम र पासवर्डका आधारमा व्यापारसँग सम्बन्धित सबै कागजातको विवरण त्यहीँ उपलब्ध गराउन सक्छन् । यसले एकातिर समयको बचत गराउँछ भने खर्च पनि जोगाउँछ । कागजमुक्त भन्सार बनाउने लक्ष्यमा यो निकै सहयोगी हुने छ । भन्सारको नेतृत्वमा काम भए पनि यसमा विभिन्न चरणमा गरेर तीन दर्जनभन्दा बढी निकाय आबद्ध हुने छन् ।

ती सबै निकायलाई यसको प्रयोगबारे पनि हामीले जानकारी दिने छौँ । एकै ठाउँबाट सबै जानकारी पाउने भएपछि सम्बन्धित सबै निकायको कार्यक्षमता पनि यसले बढाउँछ । त्यति मात्र होइन हरेक कर्मचारीलाई भेटेर कागजात बुझाउनुपर्ने बाध्यता यो प्रणालीले अन्त्य गर्ने छ मतलब कर्मचारीको अनुहार नै नहेरी (फेसलेस) काम हुने वातावरण यसले बनाउँछ । समग्रमा फेसलेस र पेपरलेस भन्सार बनाउने बाटो यसले निर्माण गर्ने छ । बढीमा अबको डेढ वर्षभित्र यसलाई कार्यान्वयनमा ल्याउँछौँ । गोरखापत्र दैनिकबाट