१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती

विचारमा स्पष्टता नभए लक्ष्य प्राप्ति हुँदैन: दाहाल

विचारमा स्पष्टता नभए लक्ष्य प्राप्ति हुँदैन: दाहाल
अ अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्पष्ट वैचारिक राजनीतिक कार्यदिशाका आधारमा मात्र पार्टीअघि बढ्ने प्रस्ट पारेका छन् । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शनिबार गोपीरमण उपाध्याय र मनहरि तिमिल्सिनाद्वारा सम्पादित ‘जनताको जनवादका आधारहरू’ नामक पुस्तकको लोकार्पण गर्दै उनले विचार र कार्यदिशमा स्पष्टता आउन नसक्दा अन्योल र अराजकता मौलाएर पार्टी ठिक ढंगबाट अघि बढ्न नसक्ने बताए । ‘विचारमा सहिपना र स्पष्टताले पार्टीलाई विकसित गर्दै लैजान्छ’, उनले भने, ‘विचारमा स्पष्टता भएन भने पार्टीले आफ्नो उद्देश्य र लक्ष्य प्राप्ति गर्न सक्दैन ।’

समाजवाद स्थापनाका लागि नेपालमा मौलिक ढंगको क्रान्ति गरिएको उनको भनाइ थियो । ‘हामीले नेपालमा जे उपलब्धि हासिल गर्यौ त्यो दुनियाको कुनै किताबमा पाइँदैन’, अध्यक्ष दाहालले भने, ‘विश्वभरको क्रान्तिको अध्ययन गरेर नेपालमा मौलिक विचार निर्माण गरिएको छ, समाजवादको आधार तयार पार्ने ‘हतियार’का रूपमा जनताको जनवादलाई लिइएको हो ।’ पुस्तकले नेकपाको वैचारिक धरालत र अब कुन दिशातर्फ जाँदैछ भनेर आम जनमानसलाई बुझ्न सहज हुने उनको भनाइ थियो ।

‘राजनीतिक आन्दोलनपछिको संक्रमणालीन परिस्थितिमा नेपाली राजनीतिको आजको अवस्था र अबको लक्ष्य बुझ्न पुस्तकले महत्वपूर्ण सन्देश दिएको छ’, अध्यक्ष दाहालले भने । नेपालमा कम्युनिस्ट आन्दोलनको उठान, संघर्ष तथा वैचारिक विषयवस्तु समेटिएको यस पुस्तकले नेकपाको आधारिक दस्तावेज तयार गर्न सहयोग पुर्याउने उनको विश्वास थियो । अध्यक्ष दाहालले नेकपाको इतिहास, कार्यदिशा विकासका शृंखला र सन्दर्भ एवं पार्टी एकताको निर्णयसम्मका वैचारिक आधारबारे पार्टी पंतिमा थप प्रस्टता ल्याउन मद्दत मिल्ने बताए ।

कार्यक्रममा पुस्तकमाथि टिप्पणी गर्दै नेकपाका स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले कम्युनिस्ट विचार विकासको शृंखलालाई पुस्तकमा समेटिएकाले सबैका लागि अत्यन्त उपयोगी रहेको बताए । जनतालाई सार्वभौम बनाउने राजनीतिक प्रणाली नै ‘जनवाद’ भएको उल्लेख गर्दै उनले पुस्तकमा समाजवादको तयारीको चरण ‘जनवाद’ हो भन्ने विषयलाई व्यापक विश्लेषण गरिएको बताए । पुस्तकका सम्पादक उपाध्यायले नेकपाको ७० वर्षे इतिहासलाई पुस्तकमा समेटिएको बताए ।

अर्का सम्पादक तिमिल्सिनाले नेकपाको ऐतिहासिक दस्तावेजलाई संकलन गरेर नेता कार्यकर्तालाई पार्टी कार्यदिशाका बारेमा जानकारी होस् भने पुस्तक तयार गरिएको बताए ।नेकपाको पहिलो पर्चादेखि एमाले–माओवादी एकतासम्म पुस्तकमा नेकपाको स्थापनादेखि एकीकृतको अवस्था, कम्युनिस्ट आन्दोलनको विभाजनपछि विभिन्न समूहहुँदै पूर्वएमाले र पूर्वमाओवादीको धाराको विकासका ऐतिहासिक निर्णय र त्यसको दस्तावेजीकरण एवं पार्टी एकता प्रक्रियापछि नेकपाले गरेका निर्णय लिपिबद्ध गरिएको छ ।

मुख्यतः चार खण्डमा रहेको पुस्तकको पहिलो खण्डमा नेपाल कम्युनिस्ट पार्टीको पहिलो पर्चा, २०१५ सालको आम निर्वाचनमा नेकपाद्वारा जारी चुनावी घोषणापत्र, २०१७ सालको फैजी ‘कू’ पछि नेकपाले जनताका नाममा गरेको अपिललगायत विषय समेटिएको छ । दोस्रो खण्डमा झापा विद्रोहदेखि नेकपा (एमाले) को गठन, मदन भण्डारीको जनताको बहुदलीय जनवादको पृष्ठभूमि, त्यसको संश्लेषण एवं विकास प्रक्रियासँग सम्बन्धित दस्तावेजका मुल अंश समावेश गरिएको छ । तेस्रो खण्डमा सेक्टर काण्डदेखि माओवादबारे संश्लेषण, जनयुद्धको तयारी, विकास हुँदै २१औँ शताब्दीमा जनवादको विकास, १२ बुँदे समझदारी, शान्ति सम्झौता, हेटौँडा महाधिवेशनमा संश्लेषण गरिएको समाजवादी क्रान्तिको कार्यदिशालगायत दस्तावेजन समेटिएको छ ।

यसैगरी चौथो खण्डमा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को चुनावी गठबन्धनदेखि पार्टी एकताको घोषणा, पार्टीका राजनीतिक प्रतिवेदन लगायत विषय समावेश गरिएको छ । नेकपाको समाजवादउन्मुख जनताको जनवादको वैचारिक आधार एवं अन्तर्वस्तु र नेकपाको ७० वर्षको इतिहास बुझ्न पुस्तकले सहयोग पुर्याउने सम्पादक तिमिल्सिनाले जानकारी दिए । सौर्य दैनिकबाट