१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाचार र सूचनालाई विश्वसनीय बनाउन आग्रह



अ+ अ-

काठमाडौँ। मिथ्या सूचनाविरुद्ध आयोजित दुईदिने सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले समाचार र सूचनालाई थप विश्वसनीय बनाउन तथ्यलाई आधार बनाउन तथा हल्लाको पछि नलाग्न आग्रह गरेको छ ।

त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग र सेन्टर फर मिडिया रिसर्च नेपाल (सिएमआर–नेपाल)ले काठमाडौँमा आयोजना गरेको सम्मेलनमा विज्ञ तथा अध्येताले प्रविधिमा भएको पहुँचले अत्यधिक मिथ्या सूचना आए पनि तिनलाई छनोट गरी तथ्यलाई मात्र विश्वास गर्न जरुरी रहेको बताए ।

मिथ्या सूचनाले समाजका सबै क्षेत्रलाई प्रभावित पारेको उल्लेख गर्दै विज्ञहरुले मिथ्या सूचना विरुद्धको प्रतिकारका लागि प्रविधि र समयको गति बुझ्नुपर्ने तथा सूचना साक्षरता बढाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।

सम्मेलनमा राजनीतिशास्त्री हरि शर्माले राजनीतिलगायत सबै क्षेत्रमा मिथ्या सूचनाको प्रभाव परेको उल्लेख गर्दै आँखाले देखेको कुरासमेत सही नहुने अवस्था रहेको बताउनुभयो । प्रश्न सकिए लोकतन्त्र मर्ने धारणा राख्दै उहाँले प्रश्न सकिए मिथ्या सूचनाले स्थान पाउने बताउनुभयो । रासस