१७ श्रावण २०८३, आईतवार
,
Latest
सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त नयाँ पुस्ताले अग्रजको योगदान र इतिहासको सम्मान गर्न नसक्नु लज्जास्पदः पूर्वप्रधानमन्त्री नेपाल श्रावण २४ मा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्ने विविधताबीचको एकता नै राष्ट्रिय एकताको आधार: पूर्व राष्ट्रपति भण्डारी चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो इराक र टर्कीबीच सेहान बन्दरगाह हुँदै तेल निर्यात गर्ने सम्झौता माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग गृहमन्त्री र हिन्दु सम्राट सेनाबीच मौखिक समझदारी, आन्दोलनका कार्यक्रम फिर्ता २०८३ वैशाखदेखि साउन १७ सम्म विपद्बाट १ सय ९६ जनाको मृत्यु, सर्पदंशबाट मात्रै ५४ जनाले… थाइल्यान्डबाट ११ किलो गाँजा ल्याएको आरोपमा तीन भारतीय नागरिक पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनसरीमा ११० उम्मेदवारद्वारा मनोनयन दर्ता



अ+ अ-

सुनसरी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरीको चारवटै निर्वाचन क्षेत्रमा ११० उम्मेदवारले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

सदरमुकाम इनरुवास्थित शिक्षा तामिल केन्द्रमा क्षेत्र नं–२ र ४ को मनोनयन दर्ता सम्पन्न भएको हो क्षेत्र नं १ को धरान तथा क्षेत्र नं ३ को दुहबीस्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता सम्पन्न भएको हो । क्षेत्र नम्बर १ मा २६ जना, क्षेत्र नम्बर २ मा २८, क्षेत्र नम्बर ३ मा २२ तथा क्षेत्र नम्बर  ४ मा ३४ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

क्षेत्र नं १ बाट श्रम संस्कृति पार्टीबाट हर्कराज राई (हर्क साम्पाङ), नेपाली कांग्रेसबाट सुजेन्द्र तामाङ, नेकपा (एमाले)बाट टीका माङ्लेन, नेपाली कम्युनिष्ट पार्टीबाट सूर्यबहादुर भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गोमा तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उद्धव श्रेष्ठलगायतले उम्मेदवारी दर्ता गरेका छन् । यस क्षेत्रमा २६ जनाको उम्मेदवारी दर्ता भएको छ ।

क्षेत्र नं २ मा २८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सहायक निर्वाचन अधिकृत अरुण मेहताका अनुसार यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसबाट राजीव कोइराला, एमालेबाट सुजन लामा, रास्वपाबाट लालविक्रम थापा, नेकपाबाट रामकुमारी चौधरी र इकवाल अहमदले स्वतन्त्रका तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।

सुनसरी क्षेत्र नं ३ बाट २२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसबाट विजयकुमार गच्छदार, नेकपा (एमाले) बाट भगवती चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट अशोककुमार चौधरीलगायतले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

क्षेत्र नम्बर ४ मा विभिन्न राजनीतिक दलबाट ३४ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (एमाले) बाट जगदीश कुशियत, नेकपाबाट मोहमद महफुज अन्सारी, रास्वपाबाट दिपककुमार साह, जनता समाजवादी पार्टी नेपालबाट सविता यादवलगायतले उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत प्रकाश राउतले जानकारी दिनुभयो ।

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता कायम भएको मुख्य निर्वाचन अधिकृत राउतले जानकारी दिनुभयो । जिल्लामा दुई लाख ९४ हजार २५२ पुरुष, दुई लाख ८६ हजार ६९१ महिला र दुई तेस्रोलिङ्गी मतदाता कायम छन् । रासस