१७ श्रावण २०८३, आईतवार
,
Latest
सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त नयाँ पुस्ताले अग्रजको योगदान र इतिहासको सम्मान गर्न नसक्नु लज्जास्पदः पूर्वप्रधानमन्त्री नेपाल श्रावण २४ मा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्ने विविधताबीचको एकता नै राष्ट्रिय एकताको आधार: पूर्व राष्ट्रपति भण्डारी चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो इराक र टर्कीबीच सेहान बन्दरगाह हुँदै तेल निर्यात गर्ने सम्झौता माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग गृहमन्त्री र हिन्दु सम्राट सेनाबीच मौखिक समझदारी, आन्दोलनका कार्यक्रम फिर्ता २०८३ वैशाखदेखि साउन १७ सम्म विपद्बाट १ सय ९६ जनाको मृत्यु, सर्पदंशबाट मात्रै ५४ जनाले… थाइल्यान्डबाट ११ किलो गाँजा ल्याएको आरोपमा तीन भारतीय नागरिक पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिलक रानाभाटले कास्की–१ बाट प्रतिनिधिसभा उम्मेदवारी दर्ता गराए



अ+ अ-

कास्की। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कास्की क्षेत्र नम्बर १ बाट तिलक बहादुर रानाभाटले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन आयोगको कार्यतालिकाअनुसार मङ्गलबार देशभरका निर्वाचन क्षेत्रमा उम्मेदवारहरूको मनोनयन दर्ता भइरहेको छ ।

रानाभाटले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा आवश्यक कागजातसहित मनोनयनपत्र दर्ता गराएका हुन् ।

कास्की–१ मा विभिन्न दलका उम्मेदवारहरूबीच कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ । रानाभाटको उम्मेदवारीले यस क्षेत्रको चुनावी माहोललाई थप रोचक बनाएको छ ।

निर्वाचन आयोगकाअनुसार मनोनयन दर्तापछि उजुरी, जाँचबुझ र नाम फिर्ताको प्रक्रिया पूरा गरी अन्तिम उम्मेदवार सूची प्रकाशन हुनेछ । –न्युज एजेन्सी नेपाल