• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   टी–२० विश्वकपः नामिबियालाई ओमानले दियो ११० रनको लक्ष्य ★   जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान ★   लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै ★   प्रधानमन्त्रीले आज सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने ★   सबैको प्यारो छुक्छुके रेल अहिले कसरी भयो अपहेलित ? ★   पिएनजीसँग झण्डै हार्यो वेस्ट इन्डिज, २ पटकको च्याम्पियन १९ ओभरमा १३७ रनको लक्ष्य पछ्याउन सफल ★   जेठ अन्तिमदेखि मनसुन भित्रिँदै, सरदरभन्दा बढी वर्षा हुने ★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध

आहा ! मनमोहक सुन्दर तुल्ता



दुल्लु । अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका–६ (साविकको रानीवन गाविस)को तुल्ता पर्यटकका लागि प्रमख रोजाइँ बन्दै गएको छ ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लालाई तिर बनाएर दक्षिणतर्फ बग्ने कर्णाली नदीको तिरमा रेहेको तुल्ता आन्तरिक र बाह्य पर्यटकका लागि केन्द्रबिन्दु बनेको हो । कर्णाली प्रदेशका रारा, कैलाश मानसरोवर, राकमकर्णाली, से–फोक्सुण्डो र सुदूरपश्चिमका रामारोशन, खप्तडलगायका पर्यटकीय गन्तव्यको अवलोकनमा कर्णाली राजमार्गको यात्रा गर्ने पर्यटकलाई ‘सुन्दरताको बगैँचा’ भनेर चिनिने तुल्ताले लोभ्याउने गरेको छ ।

राराको अवलोकनमा जान लागेका काठमाडौँका अर्जुन कार्कीले तुल्ताले मन लोभ्याएको बताए । रारा जाने क्रममा दैलेखको टुनिबगर पुगेका उनले कर्णाली नदी पारी गुजमुज्ज परेका घर सिलेटका छाना तलतिर कर्णाली नदीको तिरले मनलाई निकै आनन्दित तुल्याएको सुनाउनुभयो । सिलेटको छाना, परम्परागत शैलीमा निर्माण घर माथितिर अग्ला डाँडा तलतिर कर्णाली नदीको तिरले गर्दा तुल्ता पर्यटकको लागि आर्कषण बनेको हो । अछामको पूर्वी क्षेत्रमा पर्ने यो ठाउँ विकासका हिसाबले पछि परे पनि सौन्दर्यताले आफैँमा मनमोहक छ । यहाँको अर्को आकर्षक चिज हो तोरी र यहाँको रैथान्ने संस्कृति । धेरै तोरी फल्ने हुँदा यस ठाउँको नाम तुल्ता रहन गएको स्थानीयवासीको भनाइ छ । राराको मूलद्वार भनेको राकम र तुल्ता नै रहेको आठबीस नगरपालिका दैलेखका उप–प्रमुख दिपा बोहोराले बताउनुभयो ।

कर्णालीसँग तोडिएको नाता जोडियो

कर्णाली राजमार्ग निर्माण नहुँदा त्यस भेगबाट भेडा लिएर राजापुर, चिसापानीमा जानेको लस्कर लाग्ने गरेको स्थानीय जङ्गबहादुर शाहीले बताउनुभयो । राजमार्ग सञ्चालन भएपछि भेडा आउन छोडे, उहाँले भन्नुभयो । ६५ घरधुरी रहेको तुल्ताका अधिकांश पुरुष रोजगारीको लागि भारतको कालापहाड जाने हुँदा गाउँमा महिलाबाहेक पुरुष भेटिँदैनन् । कर्णाली राजमार्ग सञ्चालनमा आएपछि जुम्ला, कालीकोट, हुम्ला, डोल्पाका मानिससँग सम्बन्ध हुन छाडेको धनसिंह माझीले बताउनुभयो । पहिला यही बाटो भेडा ल्याएर कर्णालीका मान्छे आउँथे । पुराना चाल चलनको बारे कुरा हुन्थ्यो । कतिपयले त नातागोता नै मित लगाएर जान्थेँ, उहाँले भन्नुभयो । आठबीस नगरपालिकाको टुनिबगर र तुल्ता जोड्नका लागि कर्णाली नदीमा अहिले झोलुङ्गे पुल बनेकाले तोडिएको साइनो जोडिएको उहाँको भनाइ छ । “अहिले तुल्लावासीको हाटबजारका रुपमा टुनिबगर बनेको छ । अहिले तुल्तामा पर्यटकको चहलपहल पनि निकै बढेको छ ।

नमूना गाउँमा विकसित गरिँदै

तुल्तालाई नमूना गाउँका रुपमा विकसित गर्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्माले जानकारी दिनुभयो । “यहाँ गिट्टी बालुवा भण्डारण, तोरी उत्पादन, बदाम ९मुग्फली० राम्रो उत्पादन हुने र पर्यटकीय क्षेत्रका हिसाबले महत्वपूर्ण भएकाले यस्तो कदम चालिएको हो”, उहाँले भन्नुभयो ।

जिल्ला सदरमुकामदेखि करिब ५५ किमि टाढा पूर्वमा रहेको तुर्माखाँद भौगोलिक हिसाबले पछि परेका कारण विगतमा यस्ता पर्यटकीय क्षेत्रको संरक्षण र प्रचारप्रसार भएनन्, “अध्यक्ष शर्माले भन्नुभयो, “अहिले तुल्ताको विकासका लागि प्रदेश र सङ्घीय सरकारसँग समेत लगानी गर्न आग्रह गरेका छौँ ।”