१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

आहा ! मनमोहक सुन्दर तुल्ता

आहा ! मनमोहक सुन्दर तुल्ता
अ अ+ अ-

दुल्लु । अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका–६ (साविकको रानीवन गाविस)को तुल्ता पर्यटकका लागि प्रमख रोजाइँ बन्दै गएको छ ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लालाई तिर बनाएर दक्षिणतर्फ बग्ने कर्णाली नदीको तिरमा रेहेको तुल्ता आन्तरिक र बाह्य पर्यटकका लागि केन्द्रबिन्दु बनेको हो । कर्णाली प्रदेशका रारा, कैलाश मानसरोवर, राकमकर्णाली, से–फोक्सुण्डो र सुदूरपश्चिमका रामारोशन, खप्तडलगायका पर्यटकीय गन्तव्यको अवलोकनमा कर्णाली राजमार्गको यात्रा गर्ने पर्यटकलाई ‘सुन्दरताको बगैँचा’ भनेर चिनिने तुल्ताले लोभ्याउने गरेको छ ।

राराको अवलोकनमा जान लागेका काठमाडौँका अर्जुन कार्कीले तुल्ताले मन लोभ्याएको बताए । रारा जाने क्रममा दैलेखको टुनिबगर पुगेका उनले कर्णाली नदी पारी गुजमुज्ज परेका घर सिलेटका छाना तलतिर कर्णाली नदीको तिरले मनलाई निकै आनन्दित तुल्याएको सुनाउनुभयो । सिलेटको छाना, परम्परागत शैलीमा निर्माण घर माथितिर अग्ला डाँडा तलतिर कर्णाली नदीको तिरले गर्दा तुल्ता पर्यटकको लागि आर्कषण बनेको हो । अछामको पूर्वी क्षेत्रमा पर्ने यो ठाउँ विकासका हिसाबले पछि परे पनि सौन्दर्यताले आफैँमा मनमोहक छ । यहाँको अर्को आकर्षक चिज हो तोरी र यहाँको रैथान्ने संस्कृति । धेरै तोरी फल्ने हुँदा यस ठाउँको नाम तुल्ता रहन गएको स्थानीयवासीको भनाइ छ । राराको मूलद्वार भनेको राकम र तुल्ता नै रहेको आठबीस नगरपालिका दैलेखका उप–प्रमुख दिपा बोहोराले बताउनुभयो ।

कर्णालीसँग तोडिएको नाता जोडियो

कर्णाली राजमार्ग निर्माण नहुँदा त्यस भेगबाट भेडा लिएर राजापुर, चिसापानीमा जानेको लस्कर लाग्ने गरेको स्थानीय जङ्गबहादुर शाहीले बताउनुभयो । राजमार्ग सञ्चालन भएपछि भेडा आउन छोडे, उहाँले भन्नुभयो । ६५ घरधुरी रहेको तुल्ताका अधिकांश पुरुष रोजगारीको लागि भारतको कालापहाड जाने हुँदा गाउँमा महिलाबाहेक पुरुष भेटिँदैनन् । कर्णाली राजमार्ग सञ्चालनमा आएपछि जुम्ला, कालीकोट, हुम्ला, डोल्पाका मानिससँग सम्बन्ध हुन छाडेको धनसिंह माझीले बताउनुभयो । पहिला यही बाटो भेडा ल्याएर कर्णालीका मान्छे आउँथे । पुराना चाल चलनको बारे कुरा हुन्थ्यो । कतिपयले त नातागोता नै मित लगाएर जान्थेँ, उहाँले भन्नुभयो । आठबीस नगरपालिकाको टुनिबगर र तुल्ता जोड्नका लागि कर्णाली नदीमा अहिले झोलुङ्गे पुल बनेकाले तोडिएको साइनो जोडिएको उहाँको भनाइ छ । “अहिले तुल्लावासीको हाटबजारका रुपमा टुनिबगर बनेको छ । अहिले तुल्तामा पर्यटकको चहलपहल पनि निकै बढेको छ ।

नमूना गाउँमा विकसित गरिँदै

तुल्तालाई नमूना गाउँका रुपमा विकसित गर्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्माले जानकारी दिनुभयो । “यहाँ गिट्टी बालुवा भण्डारण, तोरी उत्पादन, बदाम ९मुग्फली० राम्रो उत्पादन हुने र पर्यटकीय क्षेत्रका हिसाबले महत्वपूर्ण भएकाले यस्तो कदम चालिएको हो”, उहाँले भन्नुभयो ।

जिल्ला सदरमुकामदेखि करिब ५५ किमि टाढा पूर्वमा रहेको तुर्माखाँद भौगोलिक हिसाबले पछि परेका कारण विगतमा यस्ता पर्यटकीय क्षेत्रको संरक्षण र प्रचारप्रसार भएनन्, “अध्यक्ष शर्माले भन्नुभयो, “अहिले तुल्ताको विकासका लागि प्रदेश र सङ्घीय सरकारसँग समेत लगानी गर्न आग्रह गरेका छौँ ।”