५ श्रावण २०८३, मंगलवार
,
Latest
उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवन–३ बाट रेणु दाहालको उम्मेदवारी दर्ता



अ+ अ-

चितवन । नेपाली कम्युनिस्ट पार्टीबाट चितवन क्षेत्र नम्बर ३ मा रेणु दाहालले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएकी छन्।

मंगलबार दाहाल चितवनको रामपुरस्थित कृषि तथा वन विश्वविद्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर औपचारिक रूपमा उम्मेदवारी दर्ता गरिन्। उनले आफूले चितवनमा गरेका विकासका कामका कारण जनताले उनलाई विश्वास गर्ने अपेक्षा व्यक्त गरिन्।

यसअघि दाहालले मंगलबार बिहान भरतपुर महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएकी थिइन्। उनी यसअघि दुई पटक भरतपुर महानगरपालिकाको मेयर पदमा निर्वाचित भइसकेकी छन्।

उम्मेदवारी दर्तापछि दाहालले चितवनको विकास र जनसुविधाका विषयमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।