१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर

प्रतिनिधिसभा निर्वाचन : यी स्थानमा हुनेछ काठमाडौँका उम्मेदवारी दर्ता

प्रतिनिधिसभा निर्वाचन : यी स्थानमा हुनेछ काठमाडौँका उम्मेदवारी दर्ता
अ अ+ अ-

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष तर्फको उम्मेद्वारी दर्ता गर्न काठमाडौँका १० क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयमा चहलपहल सुरु भएको छ ।

क्षेत्र नंं १ को कार्यालय काठमाडौँ महानगरपालिका वडा नं. ३१ स्थित नयाँबानेश्वरमा रहेको सहकारी प्रशिक्षण केन्द्रको कार्यालयमा स्थापना गरिएको छ । क्षेत्र नं. २ कार्यालय कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ५ स्थित थली चौरमा रहेको नगरपालिका भवनमा स्थापना गरिएको काठमाडौँका जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

क्षेत्र नं. ३ को कार्यालय गोकर्णेश्वर नगरपालिका वडा नं. ४ स्थित वडा कार्यालयमा स्थापना गरिएको छ । क्षेत्र नं. ४ को कार्यालय बूढानीलकण्ठ नगरपालिका नं. २ चपलीस्थित ज्येष्ठ नागरिक समाज भवनमा स्थापना गरिएको छ । क्षेत्र नं. ५ को कार्यालय टोखा नगरपालिका वडा नं. ५ स्थित श्री समाज भवनमा स्थापना गरिएको छ ।

क्षेत्र नं. ६ कार्यालय तारकेश्वर नगरपालिका वडा नं. ६ धर्मस्थलीस्थित नगरपालिका भवनमा गरिएको छ । क्षेत्र नं. ७ को कार्यालय काठमाडौँ महानगरपालिका वडा नं. १६ खुसीबु, बालाजुस्थित बहुउद्देश्यीय मार्शल आर्टस् केन्द्र (जुडो हल) मा स्थापना गरिएको छ । क्षेत्र नं. ८ को कार्यालय नागार्जुन नगरपालिका वडा नं. ५ स्थित नगरपालिका भवनमा गरिएको छ ।

क्षेत्र नं. ९ को कार्यालय चन्द्रागिरी नगरपालिका वडा नं. १२ बलम्बुस्थित नगरपालिका भवनमा स्थापना गरिएको छ । क्षेत्र नं. १० को कार्यालय कीर्तिपुर नगरपालिका वडा नं. २ बाघ भैरवस्थित वडा नं. २ को कार्यालयमा स्थापना गरिएको छ ।

काठमाडौँका १० वटै निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारी दर्ताका लागि दर्ता गराउन चाहनेको आउन थालेका छ । उम्मेद्वारी दर्ताका लागि सुरक्षालगायत सबै तयारी पनि पूरा भएको निर्वाचन आयोग, जिल्ला निर्वाचन अधिकारीको कार्यालय, काठमाडौँले जनाएको छ ।

उम्मेद्वारी दर्ताका लागि आज बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म काठमाडौँका १० वटासँगै देशभरका १६५ वटै निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेद्वारको सूची प्रकाशन हुने कार्यक्रम छ ।

यही माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता भएको उम्मेद्वारको बिरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको छ । माघ ७ गते दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवं निर्णय गरी त्यसै दिन बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदेवारको नामावली प्रकाशन गरिने छ ।

माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेद्वारले नाम फिर्ता लिने समय तोकिएको छ । माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरी त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको छ । रासस