१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर

सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता

सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
अ अ+ अ-

सिरहा। आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहामा चार लाख ५३ हजार ६४५ मतदाता र ५३१ मतदान केन्द्र कायम गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय सिरहाका अनुसार जिल्लाका चारवटा सङ्घीय निर्वाचन क्षेत्रअन्तर्गत पर्ने स्थानीय तहहरूमा निर्वाचनको तयारी तीव्र पारिँदै  मतदाता र मतदान केन्द्रको अन्तिम सङ्ख्या टुङ्गो लगाइएको हो ।

निर्वाचन आयोगले अद्यावधिक गरेको पछिल्लो तथ्याङ्कअनुसार निर्वाचन क्षेत्र नं १ मा ५८ हजार ८५५ पुरुष र ५३ हजार ९४ महिला गरी कूल एक लाख ११ हजार ९४९ मतदाता र १३० मतदान केन्द्र रहेका छन् । निर्वाचन क्षेत्र नं २ मा ६२ हजार ६५२ पुरुष, ५३ हजार १०६ महिला र दुई अन्य गरी कूल एक लाख १५ हजार ७६० मतदाता र १३६ मतदान केन्द्र कायम गरिएको छ ।

क्षेत्रगत विवरणअनुसार निर्वाचन क्षेत्र नं ३ मा ६३ हजार ३९१ पुरुष र ५५ हजार ८५९ महिला गरी कूल एक लाख १९ हजार २५० मतदाता र १३६ मतदान केन्द्र तोकिएको छ भने ४ नं क्षेत्रमा ५६ हजार ७१७ पुरुष र ४९ हजार ९६९ महिलासहित एक लाख छ हजार ६८६ मतदाता र १२९ मतदान केन्द्र कायम गरिएको छ ।

सिरहाका मुख्य निर्वाचन अधिकृत डा श्रीप्रकाश उप्रेतीका अनुसार निर्वाचनलाई व्यवस्थित बनाउन चारवटै क्षेत्रमा निर्वाचन अधिकृतका कार्यालयहरू सञ्चालनमा ल्याइएको छ । रासस