१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

महिला ‘भलमन्सा’ राजकुमारीको सङ्घर्षपूर्ण कथा

महिला ‘भलमन्सा’ राजकुमारीको सङ्घर्षपूर्ण कथा
अ अ+ अ-

कैलाली), ५ माघः यहाँको घोडाघोडी नगरपालिका–१० आमखोइया शिविरकी ५१ वर्षीया राजकुमारी चौधरी लगातार ‘भलमन्सा’ चुनिनुभएको पाँच वर्ष पूरा भएको छ । थारु समुदायले हरेक वर्षको माघीका दिन गाउँको नेतृत्व गर्न भलमन्सा चुन्ने गर्छन् ।

पुरुषप्रधान समाजमा महिलाले नेतृत्व लिनु सजिलो छैन । थारु गाउँमा धेरै जसो भलमन्सा पुरुष हुने गर्छन् । महिला भलमन्सा भएकै कारण राजकुमारीले धेरै अपमान सहनुप¥यो ।

गाउँलेले भलमन्सा चुनेपछि राजकुमारीका लागि काम गर्न पक्कै सहज थिएन । घरको काम पनि गर्नुपर्ने, बाहिर गाउँका समस्या समाधान गर्न पनि हिँड्नुपर्ने दोहोरो जिम्मेवारी थियो । “घरभित्र र बाहिरको काम सँगसँगै गर्दा धेरै समस्या हुन्थ्यो”, उहाँले भन्नुभयो,  “भलमन्सा बनेपछि केही पुरुषले महिला भएकै कारण हेप्ने, अपमान गर्ने गरे । महिला भएर के भलमन्सा हुन्छे ? के काम गर्न सक्छे ? भन्ने तिरस्कारपूर्ण वचन पनि सुन्नुप-यो ।”

अपमानमा मात्र सीमित रहेन, ज्यानै मार्नेसम्मको धम्की आयो । कलह र झगडा पनि भयो । तर ती सबै कुरालाई बेवास्ता गर्दै उहाँ रोकिनु भएन । गाउँका झगडा मिलाउन, समस्या समाधान गर्न दिनरात खटिनुभयो । परिवारको साथ र सहयोगले उहाँलाई जिम्मेवारी सम्हाल्न सहज भयो ।

औपचारिक शिक्षाबाट समेत वञ्चित राजकुमारी भन्नुहुन्छ, “एक कक्षा पनि पढ्न पाइनँ, छोरीलाई पढाउन हुँदैन भन्ने सोचका कारण माइतमा पनि मलाई विद्यालय पठाइएन ।” एक जना शिक्षकले ‘स्कुल पठाइदिनुहोस्, निःशुल्क पढाउँछु’ भनेर आग्रह गर्दा पनि बाजेले पढ्न नपठाएको बाल्यकालको घटना उहाँले अझै बिर्सनुभएको छैन ।

सुरु–सुरुमा आफ्नो नाम भन्नसमेत उहाँलाई कठिन हुन्थ्यो । बोल्न डर लाग्थ्यो । तर समयसँगै आत्मविश्वास बढ्दै गयो । भलमन्सा छनोटका लागि सुरुमा उहाँको श्रीमान्लाई प्रस्ताव गरिएको थियो । “तपाईँ भलमन्सा बन्नुहोस्, काम म गर्छु”, भनेर दुई वर्षसम्म श्रीमान्को नाममा राजकुमारीले काम गर्नुभयो । तेस्रो वर्षदेखि भने उहाँ आफैँ भलमन्सा चुनिनुभयो । अहिले घरमा एक्लै भएकाले जिम्मेवारी सम्हाल्न गाह्रो भएकाले भलमन्सा नदोहो-याउने सोच बनाएको उहाँ बताउनुहुन्छ । तर भलमन्सा भइसकेपछि उहाँको अनुभव र योगदान गाउँका लागि अमूल्य बनेको छ ।

भलमन्साको जिम्मेवारीसँगै राजकुमारीले खेतीपाती, बङ्गुुरपालनजस्ता काम पनि गर्दै आउनुभएको छ । समाजमा किन सधैँ महिलामाथि मात्र प्रश्न उठ्छ भन्ने सोचले उहाँलाई निरन्तर अघि बढायो । आज उहाँ आमखोइया शिविरकी भलमन्सा मात्र होइन, महिलाले पनि गाउँको नेतृत्व गर्न सक्छन् भन्ने उदाहरण बन्नुभएको छ ।

भलमन्साको हैसियतले राजकुमारीले गाउँका साना–ठूला विवाद समाधान गर्ने, पारिवारिक झगडा मिलाउने, सामाजिक कलह नियन्त्रण गर्ने जिम्मेवारी निभाउँदै आउनुभएको छ । भल्मन्सा बनेकै वर्ष उहाँले गाउँमा बिजुली विस्तारको माग गर्नुभयो । जसका कारण गाउँमा विद्युत् सेवा पुगेको छ ।

सडकमा कल्भर्ट निर्माण, शौचालय निर्माणलगायतका पूर्वाधारसम्बन्धी कामहरू पनि उहाँको पहलमा सम्पन्न भएका छन् । कृषकका लागि बाख्रापालनजस्ता आयमूलक कार्यक्रम सञ्चालन गरिएको उहाँ बताउनुहुन्छ । राजकुमारीले स्थानीय महिलालाई एकजुट बनाउनुभएको छ । “पुरुषहरू धेरै जसो रोजगारीका लागि बाहिर जान्छन्”, उहाँ भन्नुहुन्छ, “के–के माग गर्ने भनेर हामी एकजुट हुन्छौँ र मिलेर काम पनि गर्छौं ।”

योसँगै वडा कार्यालय, नगरपालिका, प्रहरी तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरेर गाउँका समस्या समाधानका लागि पहल गर्र्दै आउनुभएको छ । गाउँलेका गुनासा, माग र पीडा सम्बन्धित निकायसम्म पु-याउनु उहाँको नियमित काम हो । उहाँले जात, लिङ्ग र वर्गका आधारमा हुने विभेद घटाउँदै सामाजिक एकता र सद्भाव कायम गर्न पनि भूमिका निर्वाह गर्दै आउनुभएको छ । रासस