३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा

यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने

यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने
अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यसवर्ष धान उत्पादनमा गत वर्षको तुलनामा दुई लाख ५० हजार ३५० मेट्रिकटन कमी हुने जनाएको छ ।

मन्त्रालयले देशभर धान बालीको क्षेत्रफल र उत्पादकत्वमा कमी आएका कारण यसवर्ष ५७ लाख पाँच हजार १२६ मेट्रिकटन धान उत्पादन हुने प्रक्षेपण गरिएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिनुभयो । गत वर्ष ५९ लाख ५५ हजार ४७६ मेट्रिकटन उत्पादन भएको थियो । गत वर्षको तुलनामा धान उत्पादनमा ४।२० प्रतिशतले कमी आएको हो ।

आर्थिक वर्ष २०८१/८२ मा धान बाली भित्र्याइएको कूल क्षेत्रफल १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफल रहेकोमा चालु आवमा ३.८ प्रतिशतले घटेर १३ लाख ७६ हजार ८७२ हेक्टर क्षेत्रफल कायम छ । मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार उत्पादकत्व गत आवमा ४.१९ मेट्रिकटनप्रति हेक्टर रहेको थियो ।

युवा पलायन, बसाइसराइ फलफूल तथा नगदेवालीको क्षेत्रफलमा भएको वृद्धि, तराई एवं सहरी क्षेत्रमा वृद्धि भइरहेको आप्रवासन, जमिनको औद्योगिक एवं अन्य भौतिक पूर्वाधार निर्माणमा प्रयोग जस्ता कारणले धानखेतीको क्षेत्रफलमा केही कमी आएको छ ।

मधेस प्रदेशमा विशेष गरी धान लगाउने समयमा परेको खडेरीका कारण धान लगाएको क्षेत्रफलमा कमी आई धानको क्षेत्रफल घटेको हुँदा समग्रमा धान बालीको क्षेत्रफलमा कमी आएको हो । चालु आर्थिक वर्षमा उन्नत बीउविजन र मलखादको पर्यास उपलब्धता हुँदाहुँदै प्रतिकूल मौसमका कारण उत्पादकत्वमा केही कमी आएको सूचना अधिकारी जोशीले जानकारी दिनुभयो । रासस