१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

शसस्त्रको डिआईजी बढुवामा महानिरीक्षक खनालको मनोमानी

शसस्त्रको डिआईजी बढुवामा महानिरीक्षक खनालको मनोमानी
अ अ+ अ-

काठमाडौं । शसस्त्र प्रहरी बलको डिआईजी (नायव महानिरीक्षक) रिक्त पाँच पदमा गृह मन्त्रालयले माघ १३ गते बढुवाका लागि पाँच जना एसएसपीहरुको नाम सिफारिस गरेको छ । गृह मन्त्रालय बढुवा समितिको सचिवालयबाट जारी सूचना अनुसार एसएसपीहरु कृष्णभक्त बज्राचार्य, वंशीराज दाहाल, हरिशंकर बुढाथोकी, ई. किशोर प्रधान र राजेन्द्र बस्नेत सिफारिसमा परेका छन् । योसँगै गृह मन्त्रालय र सशस्त्र प्रहरी बलभित्र सिफारिस निश्पक्ष नभएको चर्चा चल्न थालको छ । तर पनि चित्त नबुझ्ने दाबेदारले बढुवा उपरको उजूरी सुन्ने समितिमा उजूरी दिन सक्नेछ भनिएको छ । असन्तुष्टी सँगसँगै जारी सूचना सूचनाले बढुवाको निर्णय पहिल्यै कतै भैसकेको र औपचारिकता दिइएको संकेत गर्दछ । जारी सूचनामा सम्पूर्ण कुरा कम्प्युटर टाइप गरिएको छ भने मितिमा १३ गते दुई ठाउँमा भिन्न मसीले हातले लेखिएको छ । यसले प्रष्ट संकेत के गर्दछ भने नतिजा बनिबनाउ हो ।

डिआईजी बढुवामा शसस्त्र प्रहरी बलभित्र व्यावसायिकता, दक्षता, योग्यता र इमान्दारीको मूल्याँकन र कदर नभएको संगठनभित्रै चर्चा चुलिएको छ । विगतमा झैं यसपटक पनि बढुवामा लाभहानि, मोलमोलाई र चाकरीले काम गरेको छ । यस पटकको बढुवा सिफारिसमा गृहमन्त्री रामबहादुर थापा र सचिव प्रेम कुमार राईले दक्ष, व्यावसायिक, नेतृत्व क्षमता र इमान्दारलाई सिफारिस गर्न स्पष्ट निर्देशन दिएको कुरा बाहिर आएको थियो, तर आईजिपी शैलेन्द्र खनालले बढी नै चासो दिएर सेवा अवधि सकिन लागेका, विवादित छबि बनाएका, प्राविधिक पृष्ठभूमीबाट आएका, कमजोर कमाण्ड भएका र आफू निकटलाई बढुवा सिफारिस गराउन सफल भएका छन् ।

शसस्त्र प्रहरी बल सेना र जनपथ प्रहरीबाट ल्याई बनेको संगठन हो । सेनाबाट आएका एकै ब्याजका मध्ये एसएसपीहरु हरिशचन्द अधिकारी र जनपथबाट आएका शम्भु सुवेदीलाई बढुवा सिफारिस गरिएन । एसएसपीहरु अभि खत्री, गणेश हाडा, कमल गिरि समेत प्रतिस्पर्धाबाट बंचित गरिए । महिला हिंसाको आरोपमा कारबाही व्यहोरेका वंशीधर दाहाल र जुनियर ब्याचका इलेक्ट्रिकल प्राविधिक इन्जिनियर किशोर प्रधानलाई बढुवा गरिनुले संगठन भित्र नराम्रो तरंग उब्जिएको छ । एसएसपी सुवेदी २०५४ ब्याचका प्रहरी निरीक्षक हुन् भने आर्मी कमाण्ड एन्ड स्टाफ कलेजबाट स्नातक गरी पिएससी डिग्री गर्ने त्यस ब्याचका एक मात्र अधिकृत हुन् । इमान्दार र सक्षम अफिसरहरु बढुवाको हकदार हुँदाहुँदै शसस्त्र संगठनमा पटक पटक पछाडी पारिँदै आएको छ । एसएसपी सुवेदीको ब्याचका राजु अर्याल र नारायण पौडेल गत वर्ष नै डिआईजीमा बढुवा गरियो भने यो पटक दाहाल बढुवामा परे, तर सुवेदीलाई अवसर दिइएन ।

यसअघिका डिएसपीबाट एसपी बढुवामा समेत आईजिपीले पक्षपात गरेको गुनासो अझै सेलाएको छैन । स्टाफ कलेज उत्तीर्ण गरेका, कामप्रति दक्ष मानिएका, कार्यक्षमता र नेतृत्व क्षमता भएका डिएसपीहरु सुधिर सुवेदी, दीपक थापा, रुप क्षत्री, प्रकाश सुवेदीको बढुवा गरिएन तर तालिम, कमाण्ड, वरियता, दक्षता र व्यावसायिकता सबैमा कमजोर मानिएका शंकर खनाल र भूपेन्द्र केसीलाई बढुवा गरियो । उनीहरु आईजी खनालका नातेदार हुन् । सुरक्षा संगठनमा दक्ष र उच्च मनोबल भएका उपल्लो दर्जाका अधिकृतहरुलाई उच्च प्राथमिकतामा राख्नै पर्दछ । त्यसो भएन भने संगठन बदनाम हुन्छ, र मनोबल टुट्छ । बढुवा र सरुवा निकै संवेदनशील विषय पनि हो । आईजी खनालकै नेतृत्व क्षमतामाथि नै शंका र प्रश्न उठाउने स्थितिमा गृह पुगेको छ ।

नेपाल प्रहरीमा यही सरुवा र बढुवामा तिब्र चलखेल हुँदा बदनाम हुँदै गएको अवस्थामा शसस्त्रमा पनि यही रोग शुरु भएको जानकारहरुको धारणा छ । शसस्त्रलाई राजश्व र भन्सारको रेखदेखमा खटाएपछि त झै उग्र रुप लिएको छ । प्रदेश १ का बाहिनीपति डिआईजी नागेन्द्र थापा र कंकालिनी गणका एसपी नेत्रबहादुर कार्कीको मिलोमतोमा असुली धन्धा र तस्करीका लागि सहयोग पु¥याएको व्यापक भएपछि गृहमा उजूरी नै परेको छ । कार्की र थापा उपर छानबिन कारबाही शुरु भएको छ । प्रदेश ५ मा डिआईजी नारायण पौडेलले घुमुवा खटाएर तस्करीलाई सेटिङ मिलाएको र असुली व्यवसाय गरेको विषयमा शसस्त्र प्रहरी बल मुख्यालयमा उजूरी परेको छ । पोखरास्थित मुक्तिनाथ बाहिनीपति डिआईजी कमिन्द्रमान श्रेष्ठले संगठनको आचारसंहिता उल्लंघन गरेकामा उजुरी परेको छ । माथिल्लो दर्जाका धेरै अधिकृत विरुद्ध यस्ता उजूरीहरु दिनहुँ परे पनि नेतृत्व चुपचाप लागेको छ । बरु छानबिन र कारबाहीको माग गर्नेमाथि सरुवा र बढुवामा भेदभाव गरिएको गुनासो व्यापक छ । राम्रो छबि कायम राखेका गृह सचिव राई यही माघ २२ गतेबाट अवकाश पाउँदै छन्, र गृह मन्त्री बादल पनि पार्टी अध्यक्ष प्रचण्डको छायाँमा रहेकाले शसस्त्र प्रहरी संगठन इतिहासकै सबैभन्दा कमजोर अवस्थामा पुगेको छ ।