६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सवारी दुर्घटनामा झापामा दुई जनाको मृत्यु



अ+ अ-

दमक । झापाको दमक र बिर्तामोडमा भएका सवारी दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । यसरी ज्यान गुमाउनेमा दमक–१० का २४ वर्षीय युवराज पाठक र दमक ठेगाना भएकी अन्दाजी २२ वर्षीया सुजता बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार दमक नगरपालिका–९ स्थित बिजुली अफिस नजिक गएराति करिब १२ बजेतिर मोटरसाइकल र ट्रक एकापसमा ठोक्किँदा पाठकको मृत्यु भएको हो भने झापाको बिर्तामोड चौकस्थित अदुवा पुल सडकखण्डमा मोटरसाइकल र अटोरिक्सा एकापसमा ठोक्किँदा घाइते मोटरसाइकलमा सवार ती युवतीको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा आज बिहान उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

सोही दुर्घटनामा घाइते हुनुभएका मोटरसाइकल चालक गौरादह नगरपालिका–३ का २४ वर्षीय निरज कार्कीको समेत सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको झापा प्रहरी प्रवक्ता खगेन्द्रबहादुर कार्कीले बताउनुभयो ।