१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिणी पाकिस्तानको सपिङ मलमा आगलागीः ६ जनाको मृत्यु, २० भन्दा बढी घाइते



अ+ अ-

काठमाडौँ।  पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा रहेको एक सपिङ मलमा भीषण आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । २० जनाभन्दा बढी घाइते भएका छन् ।

दक्षिणी सिन्ध प्रान्तकी प्रवक्ता सादिया जावेदले बताएअनुसार एमए जिन्ना रोडमा अवस्थित गुल प्लाजा नामक बहुतले सपिङ मलमा आगलागी भएको हो। उक्त भवनमा १ हजार २ सय भन्दा बढी पसलहरू रहेका छन् ।

प्रवक्ता जावेदकाअनुसार अग्नि नियन्त्रक टोलीहरूले आगो नियन्त्रण गर्न निरन्तर प्रयास गरिरहेका छन् । जुन प्लाजाका धेरै तलाहरूमा फैलिएको छ ।

अधिकारीहरूका अनुसार भवनभित्र अझै पनि केही मानिस फसेको आशंका गरिएको छ । उनीहरूलाई बाहिर निकाल्ने प्रयास भइरहेको छ । प्रहरी अधिकारीहरूले भवनको भुइँ तलामा रहेका पसलहरूबाट आगो शुरु भएको र यो विद्युत सर्ट (सर्ट सर्किट) का कारण भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेका छन् । (सिन्ह्वा/ न्युज एजेन्सी नेपाल)