१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

जसपा नेपाल छोडेर वीरगञ्ज महानगरका मेयर सहित दुईजना पूर्वमन्त्रीहरु एमाले प्रवेश

जसपा नेपाल छोडेर वीरगञ्ज महानगरका मेयर सहित दुईजना पूर्वमन्त्रीहरु एमाले प्रवेश
अ अ+ अ-

काठमाडौं। वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह,पूर्वमन्त्रीहरु प्रदिप यादव र इस्तिहाक राई सहित ठूलो संख्यामा जसपाका नेताहरु एमालेमा प्रवेश गरेका छन् ।

गएराती नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा गएर उनीहरु एमाले प्रवेश गरेका हुन् । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पर्साका संयोजक प्रभु हजाराका अनुसार सिंह,यादव नेता इस्तिहाक राई लगायतका नेताहरुलाई अध्यक्ष ओलीले खादा लगाएर एमाले प्रवेश गराउनु भएको हो । यादव र राई अशोक राई नेतृत्वको जसपाका उपमहासचिव थिए ।

यसैग्री वीरगञ्ज महानगरपालिकाका ७ जना वडाअध्यक्षहरु पनि प्रमुख सिंहसँगै एमालेमा प्रवेश गरेका छन् । प्रमुख सिंह् एमालेमा प्रवेश गरेपछि आज ठूलो संख्या जसपाका लगायत अन्य पार्टीमा रहेका वडाअध्यक्षहरु वीरगञ्जमा आयोजना हुने कार्यक्रममा एमालेमा प्रवेश गर्ने तयारी गरेका छन् ।

यसैगरी अन्य निकायमा निर्वाचित भएका केही पदाधिकारी पनि आज पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको जिल्ला सचिव महेश दासले जानकारी दिनुभयो ।

उपेन्द्र यादव नेतृत्वका जसपा नेपालसँग पार्टी एकिकरण भएको दुई हप्तामा नै शिर्ष तहका नेताहरुले सो पार्टी त्यागेर एमाले प्रवेश गरेका छन् ।

हजाराका अनुसार यादवलाई एमालेले पर्सा १ मा एमालेले उम्मेद्वार बनाउने भएको छ । यस्तै राईले बाँके २ मा एमालेले उम्मेद्वार बनाउने भएको छ ।