१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

दलित समुदायभित्रको अन्तरजातीय विभेद हटाउन ‘नमूना समूह’

दलित समुदायभित्रको अन्तरजातीय विभेद हटाउन ‘नमूना समूह’
oppo_0
अ अ+ अ-

कञ्चनपुर।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ मा दलित समुदाय सामाजिक परिवर्तनका लागि सङ्गठित भएका छन् । जातीय भेदभाव तथा दलित समुदायभित्रै कायम आन्तरिक विभेद अन्त्य गर्ने उद्देश्यले यहाँका दलित परिवार एकजुट भएका हुन् ।

समुदायको एकता र हकअधिकार सुनिश्चित गर्न १७ सदस्यीय ‘नमूना समूह’ गठन गरिएको छ । समूहले विशेषगरी दलित समुदायभित्रका दमाइँ, विश्वकर्मा, सार्की, बादीलगायत उपजातिबीच हुने अन्तरजातीय विभेद अन्त्यलाई प्राथमिकतामा राखेको छ ।

दलित अगुवा शिवी लुहारका अनुसार दलित समुदायभित्रै पनि चुलोचौका र पानी नचलाउने जस्ता कुप्रथा अझै कायम छन् । “दमाइँ, विश्वकर्मा, सार्की र बादी समुदायको साझा प्रतिनिधित्व हुने गरी समूह बनाएका छौँ,” उहाँले भन्नुभयो, “दलितभित्रको अन्तरजातीय विभेद अन्त्य गर्दै आन्तरिक एकता कायम गर्नु र बाह्य विभेदविरुद्ध एकजुट भएर आवाज उठाउनु हाम्रो उद्देश्य हो ।”

समूहले दलित समुदायमा सामाजिक सद्भाव कायम गर्न अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने तथा संविधानले प्रत्याभूत गरेका हकअधिकार कार्यान्वयनका लागि सम्बन्धित निकायमा पैरवी गर्ने लक्ष्य लिएको छ । हाल समूहमा वडा नं ५ का करिब एक सय दलित परिवार आबद्ध भइसकेका छन् । समूहका अध्यक्ष नन्दराम वडका अनुसार आगामी दिनमा सदस्य सङ्ख्या बढाएर दुई सय ५० परिवारसम्म पु¥याउने लक्ष्य राखिएको छ ।

समूहले सामाजिक मुद्दासँगै आर्थिक सुरक्षालाई पनि प्राथमिकतामा राख्दै बचत परिचालनको अवधारणा अघि सारेको छ । अध्यक्ष वडले भन्नुभयो, “समूहमा आबद्ध प्रत्येक सदस्यबाट मासिक अनिवार्य रु एक सय बचत गर्ने व्यवस्था गरिएको छ, जसलाई समुदायको कल्याणकारी कार्यमा खर्च गरिनेछ ।”

आर्थिक अभावका कारण दलित समुदायमा मृत्यु संस्कार गर्न समस्या हुने अवस्थालाई मध्यनजर गर्दै सङ्कलित बचत रकमबाट शव वाहनको व्यवस्था, दाउरा तथा किरियापुत्रीलाई आवश्यक खाद्यान्नलगायत सामग्री सहयोग गर्ने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।

“योसँग समुदायलाई आर्थिक पछौटेपनबाट छुटकारा दिलाउनका लागि व्यावसायिक तालिम र आयआर्जनसँग जोडछौँ” उहाँले भन्नुभयो, “जातीय विभेदबारे सचेत पार्नका लागि सशक्तिकरणका कार्यक्रम सञ्चालन गरी सक्षम बनाउछौँ ।”

वडा नं ५ मा ‘नमूना कार्यक्रम’का रूपमा सुरु गरिएको यस समूहको प्रभावकारिता हेरेर शुक्लाफाँटा नगरपालिकाका अन्य वडामा पनि यस्तै समूह विस्तार गर्ने योजना रहेको अध्यक्ष वडले बताउनुभयो । स्थानीय तहमा दलित समुदायको प्रतिनिधित्व र बजेट विनियोजनका सवाल उठिरहेको सन्दर्भमा शुक्लाफाँटामा सुरु भएको यो सङ्गठित प्रयासले जातीय विभेद न्यूनीकरण तथा दलित समुदायको आर्थिक र सामाजिक जीवनस्तर सुधारमा सकारात्मक योगदान पु¥याउने वडा सदस्य जयराज पाण्डेयले बताउनुभयो ।

“समाज परिवर्तनका लागि थालिएको यस अभियानमा एक्यवद्धता रहेको छ” उहाँले भन्नुभयो, “वडा तथा नगरका हरेक योजनामा दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नका लागि कटिबद्ध भएर लाग्छौँ ।”