१७ श्रावण २०८३, आईतवार
,
Latest
मिसन एशियन गेम्सः आगामी पुस्तालाई प्रोत्साहित गर्न जुट्दै स्केटर शरद र गजेन्द्र ‘ब्रड पिक’ हिमपहिरो नेपालको पर्वतारोहणको इतिहासको दुःखद अन्त्यः महासचिव पोखरेल सुनचाँदीको मूल्य घट्यो लुम्बिनीमा गहुँको छालिबाट कलात्मक सामग्री निर्माण तालिमः खेर जाने वस्तुबाट आत्मनिर्भर बन्दै स्थानीय महिला देशमा अब धार्मिक द्वन्द्व देखिनु हुँदैन,सबै मिलेर बस्नुपर्छः गृहमन्त्री इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी ब्रड पिक हिमपहिरोमा निधन भएका ६ नेपालीप्रति एमालेद्वारा श्रद्धाञ्जली  नक्कली उत्पादन बिक्री–वितरण रोक्न मन्त्री यादवको निर्देशन, सयभन्दा बढी शंकास्पद वस्तु नियन्त्रणमा लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ सिरहाको गोलबजारमा कर्फ्यु खुकुलो, बिहान १० बजेदेखि साँझ ७ बजेसम्म आवतजावत खुला
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेनी सामुदायिक विद्यालयमा ‘जन्मदिन अक्षयकोष’



अ+ अ-

म्याग्दी। म्याग्दीको सदरमुकाम बेनीस्थित बेनी सामुदायिक माध्यमिक विद्यालयले ‘जन्मदिन अक्षयकोष’ स्थापना गरेको छ ।

फजुल खर्च गरेर भड्किलो शैलीमा जन्मदिन मनाउने चलनलाई निरुत्साहित गरी विपन्न विद्यार्थीको पठनपाठनमा सघाउने उद्देश्यले स्थापना गरिएको सो कोषको आइतबार औपचारिक रुपमा घोषणा गरिएको हो ।

विद्यालयका प्रधानअध्यापक भीम घर्तीले शिक्षक, विद्यार्थी, अभिभावक, पूर्वविद्यार्थीहरुको जन्मदिनको अवसरमा कोषमा सङ्कलन हुने रकमको व्याजबाट विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री र पोसाकमा सहयोग गरिने जानकारी दिनुभयो ।

“एक हजार २७५ जना कूल विद्यार्थी रहेको हाम्रो विद्यालयका करिब १० प्रतिशत विद्यार्थीलाई गरिबी र परिवारको कमजोर आर्थिक अवस्थाका कारण कापी, कलम र पोसाकको व्यवस्था गर्न समस्या छ”, उहाँले भन्नुभयो, “भड्किलो शैलीमा जन्मदिन मनाउने खर्च बचाएर विपन्न विद्यार्थीको पठनपाठनमा सघाउन अक्षयकोषको व्याज परिचालन गरिनेछ ।”

रु २० लाखको अक्षयकोष बनाउने उद्देश्य राखिएको कोषमा आइतबारसम्म करिब रु ७० हजार सङ्कलन भइसकेको छ । पञ्चवर्षीय शैक्षिक कार्ययोजनाअनुसार जन्मदिन अक्षयकोष स्थापना गरिएको विद्यालयले जनाएको छ ।

कक्षा १२ सम्म पठनपाठन हुने यस विद्यालयले विसं २०६९ को एसइई परीक्षामा देशभर उत्कृष्ट नतिजा ल्याएको थियो । पछिल्लो १५ वर्षयता एसइई उत्कृष्ट नतिजा हासिल गरेको बेनी सामुदायिकको शैक्षिक नतिजाले विद्यार्थीको चाप बढेको छ ।

अक्षयकोष घोषणा कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन) ले बेनी सामुदायिक माविको शैक्षिक उचाइलाई घट्न नदिन शिक्षक, विद्यार्थी, अभिभावकले मेहनत तथा सरोकारवालाले साथ दिनुपर्ने बताउनुभयो । रासस