१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

आजपा र पहिला देश अभियानबीच पार्टी एकीकरण

आजपा र पहिला देश अभियानबीच पार्टी एकीकरण
अ अ+ अ-

काठमाडौं। आम जनता पार्टी (आजपा)संग पार्टी एकीकरणका साथै पार्टी प्रवेश गर्ने लहर चलेको छ ।

२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन मिति नजिकिदै जाँदा पार्टी एकीकरण र पार्टी प्रवेश दिनदिनै भइरहेको छ ।

काठमाडौंको कोटेश्वर स्थित आजपा केन्द्रीय कार्यालयमा आज (आइतवार) आजपा र पहिला देश अभियानबीच पार्टी एकता भएको छ । पाँच बुँदे सहमती गर्दै आजपा र अभियानबीच पार्टी एकीकरण भएको घोषणा भएको हो ।

आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह र अभियानका संयोजक नन्दप्रसाद काप्रीले सहमतीपत्रमा हस्ताक्षर गर्दै २१ फागुनको निर्वाचनमा मोवाइल चुनाव चिन्हबाट निर्वाचनमा सहभागि हुने सहमती गरेका छन् ।

‘आगामी २०८२ फाल्गुन २१ गतेमा सम्पन्न हुन गईरहेको संसदीय चुनावमा आम जनता पार्टीको चुनावी अभियानलाई परिणाममुखी बनाउन पहिला देश अभियान र आम जनता पार्टीको नीति बमोजिम हुने सबै क्रियाकलापमा संयक्त भूमिका खेल्ने समझदारी गर्दछौँ,’ सहमती पत्रमा उल्लेख गरिएको छ ।

यसैगरी, पुष्पकमल दाहाल प्रचण्ड संयोजक र माधवकुमार नेपाल सहसंयोजक रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का १२ जना केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरेका छन् । विद्या प्रसाद शर्मा (दैलेख), राधेश्याम गुप्ता (रुपन्देही) सहितका १२ जना केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरेको आजपा सचिवालय सदस्य सुभाष साहले जनाएका छन् ।

‘विगत लामो समयदेखि वामपन्थी आन्दोलनमा सक्रिय योगदान गर्दै आउनुभएका प्रभावशाली नेता तथा नेपाली कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्यद्धय विद्या प्रसाद शर्मा (दैलेख –१) र राधेश्याम गुप्ता (रूपन्देही – ३) आजबाट हाम्रो आम जनता पार्टीमा गोलबन्द हुनुभएकोमा उहाँलाई सहर्ष हार्दिक स्वागत, सम्मान, बधाई सहित थप उज्जवल भविष्यको भव्य शुभकामना व्यक्त गर्दछु,’ पार्टी प्रवेश गराउदै आजपा अध्यक्ष साहले भने ।

यसैगरी आजै, जनमत पार्टीका केन्द्रीय सदस्य एवं मण्डल सेवा समाजका पूर्व अध्यक्ष पवनकुमार मण्डलले पनि आजपामा प्रवेश गरेका छन् । आजपा अध्यक्ष साहले उनीहरुलाई टिका, माला लगायर पार्टीमा प्रवेश गराउदै स्वागत गरेका छन् ।