१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

प्रदेश सरकारले विद्यालयतहबाटै नैतिक शिक्षालाई जोड दिन्छ- मुख्यमन्त्री बानियाँ

प्रदेश सरकारले विद्यालयतहबाटै नैतिक शिक्षालाई जोड दिन्छ- मुख्यमन्त्री बानियाँ
इन्द्रबहादुर बानियाँ/फाइल फोटो
अ अ+ अ-

बागमती। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विद्यालयतहबाटै नैतिक शिक्षालाई प्रदेश सरकारले जोड दिने बताउनुभएको छ ।

हेटौँडा उपमहानगरपालिका–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको आज उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री बानियाँले नैतिक शिक्षाबिना समाज र राष्ट्र अघि बढ्न नसक्ने भएकाले विद्यालय तहबाटै नैतिक शिक्षालाई प्रदेश सरकारले जोड दिएको बताउनुभयो ।

“गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा शिक्षित व्यक्ति पनि भाटभटेनी लुट्न गएको देख्न सकिन्छ, यसको प्रमुख कारण शिक्षा नभएर होइन । नैतिक शिक्षा नभएर हो”, मुख्यमन्त्री बानियाँले भन्नुभयो, “विद्यालयमा नैतिक शिक्षा पढाउन छाडियो, यसका कारण व्यक्तिमा नैतिकता हराएर समाजमा विभिन्न प्रकार विसङ्गति र विकृति बढ्ेको छ, त्यसैले अब नैतिक शिक्षालाई जोड दिनुपर्छ ।”

मुलुकमा गरिखाने शिक्षा आवश्यक रहेको औँल्याउनुहुँदै मुख्यमन्त्री बानियाँले ठगी खाने र मागी खाने शिक्षा अब नचल्ने बताउनुभयो । नयाँ पुस्ताले रोजेको जस्तो र खोजेको जस्तो शिक्षालाई तत्काल पूरा गर्न नसकिए पनि प्राविधिक शिक्षालाई जोड दिई त्यो मार्गमा लैजान सकिने उहाँले उल्लेख गर्नुभयो ।

पछिल्लो समय एआई (कृत्रिम बुद्धिमता)लगायतका प्रविधिको विकाससँगै विकृति बढेको प्रसङ्ग उल्लेख गर्नुहुँदै मुख्यमन्त्री बानियाँले एआईले दिए सबै प्रश्नको उत्तर सही र सत्य नै दिन्छ भने छैन, त्यसैले सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

हेटौँडा उपमहानगरपालिका–२ का वडाध्यक्ष तथा मूल समारोह समितिका संयोजक विष्णुगोपाल महर्जनको अध्यक्षतामा आयोजित कार्यक्रममा बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कञ्चनचन्द्र वादे, प्रदेशसभा सदस्य एकलाल श्रेष्ठ र भारती पाठक, हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामालगायतले शुभकामना दिनुभयो।

स्वर्ण महोत्सवका अवसरमा विद्यालय परिसरमा विद्यार्थीले शैक्षिक प्रदर्शनी तथा खाना महोत्सवसमेत आयोजना गरेका छन्। रासस