१९ भाद्र २०८३, शुक्रबार
,
Latest
माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिलीमा डढेलोका कारण आपतकालको घोषणा, २० हजारलाई सुरक्षित स्थानमा सारियो



अ+ अ-

चिली। चिलीमा डढेलोका कारण करिब २० हजार मानिसहरू विस्थापित भएपछि चिलीका राष्ट्रपति ग्याब्रियल बोरिकले आइतबार दुई दक्षिणी क्षेत्रमा आपतकाल घोषणा गर्नुभएको छ।

अग्निनियन्त्रकहरूले देशभरि १९ वटा डढेलोसँग जुधिरहेका छन् भने १२ वटा राजधानी सान्टियागोको दक्षिणमा रहेको नुबल र बायोबायो क्षेत्रमा छन् ।

“गम्भीर डढेलोको सामना गर्न मैले न्यूबल र बायोबायो क्षेत्रहरूको लागि प्राकृतिक प्रकोपको स्थिति घोषणा गर्ने निर्णय गरेको छु,“ वामपन्थी राष्ट्रपति बोरिकले सामाजिक सञ्जाल एक्समा गरेको एक पोस्टमा भन्नुभएको छ।

आगलागीबाट कसैको मृत्यु भएको छ वा कति घरमा क्षति पुगेको छ भन्ने बारेमा सरकारले केही बताएको छैन ।

‘नेसनल सर्भिस फर डिजास्टर प्रिभेन्सन एन्ड रेस्पोन्स’की निर्देशक एलिसिया सेब्रियनले स्थानीय सञ्चारमाध्यमलाई करिब २० हजार व्यक्तिलाई उद्धार गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “लगभग ६० हजार जनसङ्ख्या रहेको पेन्को र लिर्केनको बिबियो नगरहरूमा अधिकांश विस्थापित भएका छन्।”

स्थानीय टेलिभिजनले प्रसारण गरेका तस्वीरमा दुवै नगरमा आगो लागेको र सडकमा डढेका कारहरू रहेका देखिएका छन् ।

हालैका वर्षहरूमा दक्षिण–मध्य चिलीमा डढेलोले गम्भीर असर पारेको छ।

सरकारी अभियोजकको कार्यालयका अनुसार सन् २०२४ फेब्रुअरीमा सान्टियागोको उत्तरपश्चिममा भिना डेल मार शहर नजिकै एकैसाथ धेरै स्थानमा आगलागी भएका छन् । उक्त आगलागीमा कम्तीमा १३८ जनाको मृत्यु भएको थियो।

ती डढेलोबाट करिब १६ हजार मानिस प्रभावित भएका थिए ।  (रासस/एएफपी)