१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

पर्यटन सुरक्षा प्रणाली लागू गर्न अभिमुखीकरण

पर्यटन सुरक्षा प्रणाली लागू गर्न अभिमुखीकरण
अ अ+ अ-

चितवन। अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयनका लागि सौराहामा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।

विभागले गत पुस १७ गतेदेखि काठमाडौँ उपत्यकाभित्रका तारे होटलहरूमा अनिवार्य रूपमा उक्त प्रणालीको शुभारम्भ गरिसकेको छ । राजधानीबाहिर पहिलोपटक पर्यटकीय नगरी सौराहामा प्रणाली लागू गर्नका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको विभागले जनाएको छ ।

दोस्रो चरणमा आगामी फागुन १७ गतेदेखि उपत्यका बाहिरका होटल, एयरलाइन्स, होमस्टे, ट्रेकिङ कम्पनी, टुर तथा ट्राभल कम्पनी, मनी एक्सचेन्ज कम्पनीलगायत अन्य पर्यटकीय सेवा प्रदायक संस्थाहरूमा अनिवार्य रूपमा उक्त प्रणाली लागू गर्ने तयारी थालिएको विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिनुभयो ।

नेपाल भ्रमण गर्ने विदेशी नागरिकको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण तथा पर्यटन प्रवर्द्धनमा सहयोग पु¥याउने उद्देश्यले यो प्रणाली लागू गरिएको उहाँले बताउनुभयो । महानिर्देशक तिवारीले भन्नुभयो, “यस प्रणालीमा विदेशी नागरिकको नेपाल आगमनपछिको सम्पूर्ण अभिलेख रहनेछ । काठमाडौँ बाहिर सौराहमा पहिलोपटक पर्यटन सेवा प्रदायक संस्थाहरूसँग अन्तरक्रिया गरिएको हो । अध्यागमनको मुख्य काम भनेको सीमाको सुरक्षा र नियमन हो ।”

उहाँका अनुसार सीमा नियमन भनेको कुनै पनि देशको सार्वभौम क्षेत्रभित्र हुने आवतजावत, गतिविधि तथा कानुनी व्यवस्थाको प्रभावकारी नियन्त्रण हो । सीमा सुरक्षा केवल दुई देशबीचको सीमास्तम्भमा मात्र सीमित नभई डिजिटल माध्यम, कानुन उल्लङ्घन तथा देशभित्र हुने अवैध गतिविधिसँग जोडिएको विषयसमेत हो ।

महानिर्देशक तिवारीले पहिलो चरणमा काठमाडौँ उपत्यकाभित्रका तारे होटलमा प्रणाली लागू गरी त्यसपछि देशका प्रमुख पर्यटकीय क्षेत्रमा सरोकार भएकाहरूसँगको समन्वयमा क्रमशः कार्यान्वयन गरिने योजना रहेको बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विभागले व्यवसायीमैत्री ढङ्गले काम गर्दै कार्यान्वयनका क्रममा देखिएका द्विविधा र प्रक्रियागत समस्याहरू समाधान गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । नेपाल पत्रकार महासङ्घ चितवन शाखाका अध्यक्ष वसन्तराज पराजुलीले यस्तो प्रणालीको कार्यान्वयनले दिगो पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताउँदै कार्यान्वयन गर्दा झन्झटिलो नभई सहज रूपमा समन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा क्षेत्रीय होटल सङ्घ नेपाल चितवनका अध्यक्ष ओमप्रकाश पाण्डे, उद्योग सङ्घ चितवनका अध्यक्ष मदन घिमिरे, गृह मन्त्रालयका उपसचिव परशुराम पोखरेल, जिल्लाका सुरक्षा निकायका प्रमुखहरू, पर्यटक कार्यालय चितवनका प्रमुख प्रेमप्रसाद ढकाल, रत्ननगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शङ्कर गिरीलगायत सौराहा तथा चितवन–नवलपुरका होटल तथा पर्यटन व्यवसायीलगायतको सहभागिता रहेको थियो ।रासस