४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

पार्टीको निर्णय मानेर निर्वाचनमा होमिन शेखर कोईरालाको निर्देशन

पार्टीको निर्णय मानेर निर्वाचनमा होमिन शेखर कोईरालाको निर्देशन
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता शेखर कोईरालाले पार्टीको निर्णय मानेर निर्वाचनमा होमिन आफ्ना पक्षका नेताहरुलाई निर्देशन दिनुभएको छ ।

आईतवार काठमाडौंमा आफूपक्षिय नेताहरुको भेलामा बोल्दै उहाँले पार्टीको विवादबारे सर्वोच्चमा मुद्दा गएको भएपनि निर्वाचनमा होमिन निर्देशन दिनुभएको हो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै भेलामा सहभागी एक नेताले अदालतले जे आदेश दिएपनि मान्ने गरी अहिले आफ्नो जिल्ला क्षेत्रमा जान नेता कोईरालले भन्नुभएको बताउनु भयो । भेलामा नेता कोईरालाले अहिले निर्वाचन आयोगको निर्णय कार्यन्वयनमा गैसकेको हुँदा पार्टीले गर्ने उम्मेदवार चयनको प्रक्रिया र निर्वाचनमा पार्टीलाई जिताउने कार्यमा लाग्नुहुन सबैलाई अनुरोध गर्नुभएको पनि उहाँले जानकारी दिनुभयो ।

‘मुलुकमा भएको संविधान संकट र पार्टीभित्र भएको जटिल परिस्थितिमा पार्टीका उम्मेदवारहरुलाईअग्रणी रुपमा रहेर सहयोग गर्न र निर्वाचित गराउन आग्रह गर्छु’ नेता कोईरालाले भन्नुभएको ती नेताले बताउनु भयो । 

शुक्रवार नेपाली काँग्रेसको आधिकारिकताबारे आयोगले बहुमतबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली काँग्रेसलाई आधिकारिकता प्रदान गरेको थियो । त्यससँगै शेरबहादुर देउवा पक्ष विरोधमा छ । देउवा पक्षले सर्वोच्च अदालतमा आज रिटदर्ता गराइसकेको छ । भेलामा नेता कोईरालाले निर्वाचनसँगसँगै आगामी १५ औं महाधिवेशनमा पनि ध्यान केन्द्रित गर्न सबैलाई आग्रह गर्नुभएको पनि ती नेताले जानकारी दिनुभयो । नेपाली काँग्रेसनेले नेपाली जनताको सार्वभौम अधिकार रक्षा गर्न सधैँ निरन्तर लागिरहनु पर्ने भन्दै निर्वाचनमा ध्यान केन्द्रित गरेर आफ्नो भूगोल क्षेत्रमा जान आग्रह गर्नुभएको एक नेताले जानकारी दिनुभयो ।