१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

एमालेमा असन्तुष्टि: टिकट बितरणमा बारे झपटको प्रतिक्रिया आहत बनाएको भए पनि विचलित भएको छैन

एमालेमा असन्तुष्टि: टिकट बितरणमा बारे झपटको प्रतिक्रिया आहत बनाएको भए पनि विचलित भएको छैन
अ अ+ अ-

काठमाडौं। नेकपा (एमाले) का केन्द्रीय सदस्य झपट बहादुर रावलले पार्टीको टिकट बितरण को निर्णयले आफुलाई आहत बनाएको भए पनि विचलित नवनाएको जनाउनु भएको छ ।

सामाजिक संञ्जालमा एक स्टाटस राख्दै नेता रावलले कैलाली निर्वाचन क्षेत्र नं. २ समन्वय समितिले ध्वनि मतका साथ आफु सहित तीन जनाको नाम सिफारिस गरेको भएपनि फागुन २१ मा हुने निर्वाचनका लागि आप्mनो दाबी स्वाभाविक मात्र होइन, जन आधारित र न्यायोचित पनि भएको दाबी गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ -यही जन अपेक्षा र मेरो राजनीतिक आकाङ्क्षामा यसपटक ब्रेक लागेको छ, तर मेरो यात्रामा विराम लागेको छैन। मैले “जनताको बहुदलीय जनवाद” लाई नारा वा खोपीको देउता होइन, जीवन र व्यवहारमा लागु गर्ने जिउँदो सिद्धान्तका रूपमा आत्मसात् गरेको छु। पार्टी निर्णय सर्वोपरी हुन्छ भन्ने मान्यतामा म अडिग छु।

उहाँले लेख्नुभएको छ-

हार्दिक आभार तथा धन्यवाद !

नेकपा (एमाले) पार्टी केन्द्रको सर्कुलर अनुसार कैलाली निर्वाचन क्षेत्र नं. २ समन्वय समितिले ध्वनि मतका साथ म सहित तीन जनाको नाम सिफारिस गरेको थियो। यसअघि यही क्षेत्रबाट निर्वाचित भई संसद्मा रहँदा मैले जनताको शिर निहुरिने कुनै पनि काम नगरी, विकास र सुशासनका पक्षमा दृढतापूर्वक आफ्नो भूमिका निर्वाह गरेँ। जनताका दुःखसुखमा सधैं साथ रहँदै विकास निर्माणका काममा अहोरात्र खटिएकै कारण मतदाताको मन जित्न सफल भएको हुँ भन्नेमा म विश्वस्त छु। त्यसैले आगामि फागुन २१ मा हुने निर्वाचनका लागि मेरो दाबी स्वाभाविक मात्र होइन, जन आधारित र न्यायोचित पनि थियो।

तर यसपटक एउटा योजनाबद्ध मनोवैज्ञानिक वातावरण निर्माण गरी मलाई रोक्ने सामूहिक प्रयत्न भएको छ, जसले क्षणिक रूपमा सफलता पाएको छ। राजनीतिमा यस्तो हुन्छ भन्ने बुझेको छु। यसले मलाई आहत बनाएको भए पनि विचलित बनाएको छैन।

२०७४ सालमा निर्वाचित भएपछि विश्वव्यापी कोभिड–१९ महामारी र पटक पटक भएको संसद् विघटनले अपेक्षित रूपमा काम गर्ने समय सीमित बनायो। त्यसका बाबजुद पनि कैलाली २ मात्र होइन, समग्र सुदूरपश्चिमको समृद्धिका लागि अघि सारेका थुप्रै पूर्वाधार परियोजनाहरू प्रारम्भ गरिएका थिए, जुन आज अपूरा अवस्थामै छन्। ती योजनालाई पूर्णता दिन पुनः झपट रावल आवश्यक छ भन्ने जन भावना अझै जीवित छ। यही जन अपेक्षा र मेरो राजनीतिक आकाङ्क्षामा यसपटक ब्रेक लागेको छ, तर मेरो यात्रामा विराम लागेको छैन।

मैले “जनताको बहुदलीय जनवाद” लाई नारा वा खोपीको देउता होइन, जीवन र व्यवहारमा लागु गर्ने जिउँदो सिद्धान्तका रूपमा आत्मसात् गरेको छु। पार्टी निर्णय सर्वोपरी हुन्छ भन्ने मान्यतामा म अडिग छु। पार्टी नेतृत्वको निर्णयमा पर्न सफल सम्पूर्ण कमरेडहरू तथा उम्मेदवारहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।

अन्त्यमा, कठिन घडीमा पनि मप्रति भरोसा गर्ने, साथ दिने र निरन्तर हौसला प्रदान गर्ने सम्पूर्ण क्षेत्रवासी आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरू, साथै पार्टीका सबै तहका कमिटीहरूप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु। म जनताकै बिचमा छु, जनताकै पक्षमा छु, र जनताको विश्वास नै मेरो राजनीतिक शक्ति हो।

झपट बहादुर रावल
केन्द्रीय सदस्य
नेकपा (एमाले)