२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया

खोला तथा सडक मापदण्डविरुद्ध काठमाडौंमा प्रदर्शन– तस्बिरहरु

खोला तथा सडक मापदण्डविरुद्ध काठमाडौंमा प्रदर्शन– तस्बिरहरु
अ अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकाका खोला तथा सडक किनारका बासिन्दाहरूले नदी–खोलाको मापदण्ड खारेज गर्न माग गर्दै माईतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समिति, भूमि अधिकार संरक्षण संघर्ष समिति, विष्णुमति करिडोर तदर्थ समिति लगायतका संगठनहरूको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले जोडदार नाराबाजी गरेका हुन् ।

प्रदर्शनकारीहरूले ‘फैसला होइन न्याय दे’, ‘गैरन्यायिक खोला मापदण्ड खारेज गर’, ‘जनतालाई उठिबास गर्ने मापदण्ड खारेज गर’, ‘खोला मिच्न पाइँदैन, मापदण्डको नाममा जनता विस्थापित गर्न पाइँदैन’ जस्ता प्लेकार्ड बोकेका थिए । उनीहरूले सर्वोच्च अदालतको खोला किनारमा थप २० मिटर मापदण्ड तोक्ने निर्णयलाई गैरन्यायिक भन्दै यसको खारेजी माग गरेका छन् ।

सर्वोच्च अदालतले यसअघि वागमती, विष्णुमती, मनोहरा जस्ता मुख्य नदीहरूको दायाँबायाँ थप २० मिटर क्षेत्रमा संरचना निर्माण नगर्न आदेश दिएको थियो । यो निर्णय कार्यान्वयन हुँदा उपत्यकाका १९ वटा खोलामा करिव ८४ हजार घरधुरी प्रभावित हुने अनुमान छ । पीडितहरूका अनुसार यो मापदण्डले जग्गाको मूल्य शुन्य हुने र हजारौं परिवार विस्थापित हुने खतरा बढाएको छ ।

तस्बिरहरुः अनुप प्रधान/न्युज एजेन्सी नेपाल