४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

एमाले सचिवालय बैठकः प्रतिनिधिसभाका उम्मेदवार तय

एमाले सचिवालय बैठकः प्रतिनिधिसभाका उम्मेदवार तय
अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले केही निर्वाचन क्षेत्रबाहेकका निर्वाचन क्षेत्रमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाएको बैठकपछि उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

“केही निर्वाचन क्षेत्रबाहेक सबै निर्वाचन क्षेत्रको उम्मेदवारको टुङ्गो लागेको छ”, उनले भने, “टुङ्गो लाग्न बाँकी निर्वाचन क्षेत्रको उम्मेदवारको जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ ।” उहाँका अनुसार पार्टी अध्यक्ष ओली झापा निर्वाचन क्षेत्र नं ५ बाट र सभामुख देवराज घिमिरलाई झापा–२ बाट उम्मेदवार बनाउने निर्णय गरिएको छ ।

यस्तै उपाध्यक्ष विष्णुप्रसाद पौडेल पाल्पा–२, उपाध्यक्ष गोकर्ण विष्ट गुल्मी–२, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ लमजुङ, उपमहासचिवद्वय लेखराज भट्ट कैलाली–५ तथा रघुवीर महासेठलाई धनुषा–४ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यस्तै सचिवद्वय महेश बस्नेत भक्तपुर–२ र भानुभक्त ढकाललाई तेह्रथुमबाट उम्मेदवार बनाउने निर्णय गरिएको छ । काठमाडौँ क्षेत्र नं १ बाट मोहन रेग्मी, क्षेत्र नंं २ बाट मणिराम फुयाँल, क्षेत्र नं ३ बाट रामेश्वर फुयाँल क्षेत्र नं ६ बाट अमनकुमार मास्के, क्षेत्र नं ८ बाट राजेश शाक्य र क्षेत्र नं १० बाट विनोद श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । काठमाडौँ क्षेत्रका अन्य निर्वाचन क्षेत्रमा पार्टी अध्यक्ष ओलीले टुङ्ग्याउने जिम्मेवारी सचिवालय बैठक लिएको उपमहासचिव भट्टले जानकारी दिए ।

यस्तै बैठकले पार्टी अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सार्ने निर्णय गरेको गरेको सचिव महेश बस्नेतले जानकारी दिए ।

एमाले उम्मेद्वार को कहाँ ?

सुदूरपश्चिम प्रदेश

कैलाली
१. द्वारिका न्यौपाने
२. सूर्यबहादुर थापा
३. गौरीशंकर चौधरी
४. लेखराज भट्ट
५. यज्ञराज ढुङ्गाना

कञ्चनपुर
१. कमला बोहरा
२. वचनबहादुर सिंह
३. दीपक भट्ट

अछाम
१. झपटबहादुर बोहरा
२. यज्ञ बोगटी

बाजुरा
१. लालबहादुर थापा

डोटी
१. दीपक धामी

डडेल्धुरा
१. चक्र स्नेही

बझाङ
१. अफिलाल ओखेडा

बैतडी
१. दामोदर भण्डारी

दार्चुला
१. गणेशसिंह ठगुन्ना

कर्णाली प्रदेश

सल्यान
१. गुलाबजंग शाह

रुकुम पश्चिम
१. नन्दराम देवकोटा

सुर्खेत
१. धुर्व शाही
२. कुलमणि देवकोटा

कालिकोट
१. नागेन्द्र शाही (नेसनल)

जुम्ला
१. शान्तिबहादुर महत

मुगु
१. पूर्णबहादुर रोकाया

हुम्ला
१. दल फडेरा

डोल्पा
१. लङ्क रोकाया

दैलेख
१. रविन्द्रराज शर्मा
२. लक्ष्मीराज शर्मा

जाजरकोट
१. डम्मरबहादुर सिंह

लुम्बिनी प्रदेश

नवलपरासी
१. रामप्रसाद पाण्डे
२. भगवतीप्रसाद यादव

रुपन्देही
१. अध्यक्षले टुङ्गाउने
२. अध्यक्षले टुङ्गाउने
३. बासुदेव घिमिरे
४. अध्यक्षले टुङ्गाउने
५. खिमलाल भट्टराई

कपिलवस्तु
१. विश्राम चौधरी
२. अध्यक्षले टुङ्गाउने
३. बिरेन्द्र कडौनिया

दाङ
१. महासचिवको इच्छा बुझेर अध्यक्षले टुङ्गाउने
२. महासचिवको इच्छा बुझेर अध्यक्षले टुङ्गाउने
३. घनश्याम पाण्डे

बाँके
१. सूर्य ढकाल
२. अध्यक्षले टुङ्गाउने
३. दलबहादुर सुनार

बर्दिया
१. सालिकराम अधिकारी
२. विमला विक

पाल्पा
१. नारायण आचार्य
२. विष्णुप्रसाद पोडेल

रुकुम पूर्व
१. अध्यक्षले टुङ्गाउने

रोल्पा
१. गोकुल घर्ती

प्यूठान
१. सूर्यबहादुर थापा

अर्घाखाँची
१. पिताम्बर भुसाल

गुल्मी
१. प्रदीप ज्ञवाली
२. गोकर्ण बिष्ट

गण्डकी प्रदेश
नवलपुर
१. भागीरथ सापकोटा
२. तिलबहादुर (तिलक) महत क्षेत्री

गोरखा
१. आर.सी. लामिछाने
२. मिलन गुरुङ

लमजुङ
१. पृथ्वी सुब्बा गुरुङ

तनहुँ
१. भगवती न्यौपाने
२. केदार सिग्देल

स्याङ्जा
१. मिनप्रसाद गुरुङ
२. खिमबहादुर थापा

म्याग्दी
१. हरिकृष्ण श्रेष्ठ

कास्की
१. बैणबहादुर क्षेत्री
२. कृष्ण थापा
३. दामोदर बैरागी

बागलुङ
१. हिरा केसी
२. मञ्जु शर्मा चालिसे

मुस्ताङ
१. इन्द्रधारा बिष्ट

मनाङ
१. पोल्देन सोताङ गुरुङ

पर्वत
१. पदम गिरी

बागमती प्रदेश

सिन्धुली
१. प्रदीप केसी (कटुवाल)
२. मनोजजंग थापा

रामेछाप
१. माधवप्रसाद ढुङ्गेल

दोलखा
१. पार्वत गुरुङ

सिन्धुपाल्चोक
१. आङदोर्जे शेर्पा
२. शेरबहादुर तामाङ

काभ्रे
१. अमित लामा
२. अध्यक्षले टुङ्गाउने

धादिङ
१. भूमी त्रिपाठी
२. धनबहादुर घले

नुवाकोट
१. बद्री मैनाली
२. केशव पाण्डे

रसुवा
१. प्रेमबहादुर तामाङ

मकवानपुर
१. रामेश्वर राना
२. महेश बर्तौला

चितवन
१. कृष्णराज (कमल) पाठक
२. अस्मिन घिमिरे
३. शंकरराज थपलिया

काठमाडौं
१. मोहन रेग्मी
२. मणिराम फुयाल
३. रामेश्वर फुयाल
४. अध्यक्षले टुङ्गाउने
५. अध्यक्षले टुङ्गाउने
६. अमनकुमार मास्के
७. अध्यक्षले टुङ्गाउने
८. राजेश शाक्य
९. अध्यक्षले टुङ्गाउने
१०. विनोद श्रेष्ठ

ललितपुर
१. चेतनाथ सञ्जेल
२. प्रेमबहादुर महर्जन
३. अध्यक्षले टुङ्गाउने

मधेश प्रदेश

सप्तरी
१. सुमन प्याकुरेल
२. सतिश सिंह
३. ताराकान्त चौधरी
४. बालकृष्ण चौधरी

सिराहा
१. केदार यादव
२. नविनकुमार यादव
३. लिलानाथ श्रेष्ठ
४. बिल्टु यादव

धनुषा
१. रामचन्द्र मण्डल
२. उमाशंकर अग्रहरि
३. जुली महतो
४. रघुवीर महासेठ

महोत्तरी
१. लक्ष्मी महतो कोइरी
२. रामपरिक्षण यादव
३. अध्यक्षले टुङ्गाउने
४. सरोज यादव

सर्लाही
१. अध्यक्षले टुङ्गाउने
२. अध्यक्षले टुङ्गाउने
३. हरि उप्रेती

रौतहट
१. अजय गुप्ता
२. शैलेन्द्र साह
३. कुन्दन कुशवाहा
४. रामजी शाह

बारा
१. अच्युत मैनाली
२. बलवीर चौधरी
३. ज्वाला शाह
४. किसान श्रेष्ठ

पर्सा
१. अध्यक्षले टुङ्गाउने
२. अध्यक्षले टुङ्गाउने
३. प्रमोद जैसवाल
४. जालिम मियाँ अन्सारी

कोशी प्रदेश

ताप्लेजुङ
१. अध्यक्षले टुङ्गाउने

पाँचथर
१. ऐन्द्रसुन्दर नेम्वाङ

इलाम
१. काजिमान कागते
२. सुहाङ नेम्वाङ

झापा
१. रामचन्द्र उप्रेती
२. देवराज घिमिरे
३. अध्यक्षले टुङ्गाउने
४. मनोज ताम्ली
५. केपी शर्मा ओली

संखुवासभा
१. डा. अर्जुन कार्की

धनकुटा
१. राजेन्द्र राई

भोजपुर
१. शेर्दन राई

तेह्रथुम
१. भानुभक्त ढकाल

सुनसरी
१. सूर्य पन्दाक
२/३. जगदीश कुसियात( सो मध्य–१ अध्यक्षले टुङ्गाउने)
४. भगवती चौधरी

मोरङ
१. घनश्याम खतिवडा
२. दिलीप बगेडिया
३. दिलीप राई
४. जीवन घिमिरे
५. अध्यक्षले टुङ्गाउने
६. अध्यक्षले टुङ्गाउने

सोलुखुम्बु
१. कल्पना राई

ओखलढुंगा
१. अस्मिता थापा

उदयपुर
१. दुर्गा थापा स्वोती
२. अमर रायमाझी

खोटाङ
१. देवविक्रम राई